News Portal

अबैध यौनजन्य कारोबारमा संलग्न नेकपा नेता गरुङ्गले दिए पत्रकारलाई मार्ने धम्की !

हिमाली संचार संवाददाता
७१८ पटक

बाँके : तत्कालिन एमालेका बाँके जिल्ला कमिटी उपाध्यक्ष समेत रहेका नेकपाका नेता निरज गुरूङले पत्रकार काशीराम शर्मालाई हातपातको प्रयास गर्दै ज्यान मार्नेसम्मको धम्की दिएका छन् ।

राष्ट्रिय समाचार समितिका बाँके संवाददातासमेत रहेका सत्यपाटी डटकम अनलाइन पत्रिकाका अध्यक्ष पत्रकार शर्मालाई किमु होमस्टेको समाचारको बिषयलाई लिएर नेता गुरूङले यस्तो धम्की दिएका हुन् ।

आफूलाई नेकपाको नेता भन्ने गुरूङले गैरकानूनी रूपमा यौनजन्य कारोबारमा संलग्न रहेको किमु होमस्टेको बचाउ गर्दै पत्रकारमाथि ज्यानको धम्कीसमेत दिनुलाई नेपाल पत्रकार महासंघ बाँके लगायतका सम्बद्ध संस्थाहरूले गम्भीररूपमा लिएका छन् ।

अवैध यौनजन्य कारोबार गर्नलाई उत्प्रेरित गर्दै पत्रकारमाथि जाईलाग्ने नेता गुरूङमाथि कडा कारवाहीको माग गर्दै महासंघका सचिव तिलक गाउँलेद्वारा जारी विज्ञप्तीमा समाचार लेखेकै कारण आगामी दिनमा कुनै पनि मिडिया र पत्रकारमाथि गलत नियतले नहेर्न नेता गुरूङलाई आग्रह पनि गरिएको छ ।

‘समाचारको विषयलाई लिएर सामाजिक सञ्जालमा जथाभावी टिकाटिप्पणी गर्नुका साथै सार्वजनीक स्थलमै असभ्य भाषा प्रयोग गर्दै पत्रकारमाथि हातपात गर्न खोज्नु सिंगो पत्रकारिता र सञ्चार जगतमाथि धावा बोल्न खोजेको हाम्रो ठहर छ,’ महासंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

समाचारको विषयलाई लिएर चित्त नबुझेको खण्डमा कानूनी बाटो हुँदाहुँदै सार्वजनिक स्थलमै गालीगलौच गर्नुका साथै आक्रमणमै उत्रिनु स्वतन्त्र प्रेस र नागरिकको सुसूचित हुन पाउने अधिकारलाई कुण्ठित गर्न खोज्नु लोकतन्त्रमाथिकै उपहास महासंघले ठहर गरेको उक्त विज्ञप्तीमा उल्लेख छ । पत्रकार शर्मामाथि दुव्र्यवहार गर्ने र ज्यान मार्ने समेतको धम्कीपूर्ण शैलीमा गालीगलौच गर्ने नेता गुरूङलाई तत्काल कारबाहीको माग गर्दै घटनाप्रति संवेदनशील भएर अघि बढ्न सम्बन्धीत पक्षसँग जोडदार माग समेत विज्ञप्तीमार्फत गरिएको छ ।

आगामी दिनमा यस प्रकारका घटनाहरू दोहोरिएमा महासंघ र सिंगो पत्रकार जगत कडारूपमा प्रस्तुत हुने चेतावनी पनि दिइएको छ । मनिकापुरस्थित किमु होमस्टेका बारेमा मिडियामा समाचार सार्वजनिक भएपछि नेता गुरूङ पत्रकारसँग चिडिँदैं आएको उनी निकट केही जानकारहरू समेत बताउँछन् ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...