News Portal

  • चेलीबेटी समाज नेपालले निकाले लैगिङ्क हिंसा बिरुद्ध र्‍याली

    हिमाली संचार संवाददाता
    ५४७ पटक

    रबिन्द्र बराल
    मोरङ : लैङ्गगिक हिंसा दुव्यवाहार छैन हामीलाई स्वीकार भन्ने मुल नाराका साथ २७ अाै लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्तरगत बिहीबार माेरङकाे सुनवर्सि नगरपालिका स्थित डाईनियाँ बजारमा बिहीबार प्रभात फेरि निकालिएको छ ।

    महिला हरुले सुनवर्सि नगरपालिका काे कार्यलय देखि निकालेको र्यालिमा बजार परिक्रमा गर्दे समुदायक भवनमा गएर र्‍याली सम्पन्न भएको थियो । उक्त र्‍यालीमा नगरपालिकाका मेयर, वडाध्यक्ष, विद्यार्थी, स्थानीय लागयतकाे सहभागीता रहेको थियोे ।

    उक्त र्‍यालीमा बाल बिवाह सामाजिक अपराध हाे, दाईजाे प्रथा अन्त्य गर, घरेलुु हिंसा अन्त्य गर, महिला हिंस विरुद्ध एक हाै, बलत्कारीलाई कार्वाही गर, छाेरी लाई दाईजाे हाेईन शिक्षा देऊ, छाेरा र छाेरी भेदभाव गर्ने पाईदैन जस्ता प्लेकार्ड बाेकेर बजार परिक्रमा गरेका थिए । उनिहरुले सहभागीहरुलाई अन्तरक्रिया समेत गराएका थिए । कार्यक्रमकाे प्रमुख अतिथि नगरपालिका मेयर काली प्रसाद दास लगायतकाे उपस्थित समेत रहेको थियो । 

    अन्तरक्रिया कार्यक्रममा चेलिबेटी समाजका अध्यक्ष उषा झा ठाकुर, लक्ष्मी श्रेष्ठ, गायत्री श्रेष्ठ, सविता राइमाझि, अासा बहरदार लगायतकाे उपस्थित समेत रहेको थियो । प्रमुख अतिथिले भने रंगेली नगरपालिकामा रहेको चेलिबेटी समाजले सुनवर्सि नगरपालिकामा अाएर महिला हिंसाकाे कार्यक्रम सन्चालन गरेकाेमा अाफु खुशि भएको र अागमि दिन हरुमा अझै नयाँ नयाँ कार्यक्रमहरु लिएर अाउन समेत अाग्रह गरे ।

    चेलिबेटी समाजले अबका दिनहरुमा शहर मुखि मात्रै नभए र गाउँ घर तिर समेत अाफ्नाे कार्यक्रमलाई निरन्तरता दिने र महिलाहरुले अाफ्नाे घरमा महिला हिंसा भए अाफ्नाे संस्था चुप लागेर नबस्नेे नहुने, सबै महिला एक जुट भएर अगाडि बढने संस्था कि अध्यक्ष उषा झा ठाकुरले बताईन। कार्यक्रममा सहभागीहरुले महिला हिंसाकाे बारेमा बाेलेका थिए ।

    चेलीबेटी समाज नेपाल, नारीउत्थान महिला फेडरेसनकाे अायाेजना तथा अाेरेक नेपाल, सद्भाव बचत तथा ऋण सहकारी संस्था रंगेली र सुनवर्सि नगरपालिकाकाे सहयाेगमा कार्यक्रम अायाेजना गरिएको थियोे। नारिउत्थान महिला फेडरेसन कि अध्यक्ष बिमला देवि दासकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...

    ब्याण्डेज हातले अर्काे कुटे, रिपोर्टर्स क्लबमा आफैं मार खाए

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका सहिद परिवारसँगै संस्थापक सुधन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन...

    सुधन गुरुङको खुलासा : “सचिवलाई थर्काएँ, राष्ट्रपति निवासको पानी समेत पिएन”

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले शीतल निवासमा भएको आफ्नो अनुभव सार्वजनिक...

    मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार, श्रीमान बाँधिएको अवस्थामा घटना

    मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि...

    मिडिया ट्रायल र असन्तुष्टि कारण सुमना श्रेष्ठको राजीनामा

    काठमाडौँ, भदौ २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टीबाट अलग हुने निर्णय...