News Portal

  • वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    ३८ पटक

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५ सय २८ पुगेको छ भने तीमध्ये ११४ जनामा हैजा पुष्टि भइसकेको छ।

    वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र १०६ नयाँ बिरामी थपिएका छन्। हाल विभिन्न १६ वटा अस्पतालमा २७१ जना बिरामी उपचाररत छन्। तीमध्ये ३५ जना आईसीयूमा, ४ जना एचडीसीयूमा र २३२ जना वार्डमा उपचार पाइरहेका छन्। गत सातादेखि २५७ जना बिरामी उपचारपछि घर फर्किएका छन्।

    नारायणी अस्पतालमा ४७, तराई अस्पतालमा ४३, नेसनल मेडिकल कलेजमा १७, वीरगञ्ज हेल्थ केयरमा ५, मंगलम प्याथोलोजी र भवानी अस्पतालमा ४–४, अली अर्थो र एड्भान्स सेन्ट्रल अस्पतालमा २–२ जनामा हैजा पुष्टि भएको स्वास्थ्य महाशाखाले जनाएको छ। मंगलबार मात्र एक बालकसहित तीन जनामा हैजा देखिएको थियो।

    यसैबीच पर्साको पोखरिया नगरपालिकामा पनि संक्रमण फैलिएको छ। बुधबार ३ र बिहीबार थप ५ गरी ८ जनामा हैजा पुष्टि भएको मेसु डा. आनन्द रौनियारले जानकारी दिए। संक्रमितमध्ये एक जनालाई थप उपचारका लागि वीरगञ्ज ल्याइएको छ भने बाँकीको उपचार पोखरिया अस्पतालमै भइरहेको छ।

    यस्तै बाराको कलैया अस्पतालमा समेत एक पुरुषमा हैजा पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले जनाएका छन्।

    स्वास्थ्य विज्ञहरूका अनुसार हैजा झाडापखालाभन्दा गम्भीर प्रकृतिको रोग हो, जसका लक्षण केही घण्टादेखि पाँच दिनभित्र देखिन सक्छन्। अत्यधिक पातलो चौलानी जस्तो दिसा, शरीरका मांसपेसी बाउँडिने, बान्ता हुने, शरीर कमजोर हुने, छाला सुख्खा हुनु र पिसाब कम हुनु यसको मुख्य लक्षण हुन्। समयमै उपचार नपाउँदा मृत्युको सम्भावना रहने उनीहरूको चेतावनी छ।

    हैजाबाट बच्न विज्ञहरूले अनिवार्य सरसफाइ अपनाउन सुझाव दिएका छन्। शौचालय प्रयोग गर्ने, साबुनपानीले राम्ररी हात धुने, खानेपानी उमालेर मात्र पिउने, काँचो तरकारी राम्ररी धोएर खाने र फोहोर उचित ठाउँमा व्यवस्थापन गर्ने भनेका छन्।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

    काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत...

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...