News Portal

मप विश्वविद्यालयमा बिधि मिचेर भ्रमको खेती गर्दै उपकुलपति कोइराला

हिमाली संचार संवाददाता
८५५ पटक

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविविद्यालयमा करिब ३ महिनादेखि चलेको आन्दोलन निश्कर्षमा पुग्न सकेको छैन । यही अवस्थामा समस्या समाधान गर्नुको साटो उपकुलपति (भिसी) उपेन्द्र कोइलालाले विधि मिचेर निर्णय गर्दा समस्या झन् बल्झिएको छ ।

बिहीबार रजिष्टार डा. महेन्द्रकुमार मल्ललाई बर्खास्त गरेको झुटो भ्रम उपकुलपति कोइरालाले फैलाएका छन् । मप विश्वविद्यालय ऐन अनुसार उपकुलपति, रजिष्टार र सेवा आयोग अध्यक्ष बर्खास्त गर्नको लागि सिनेटको एक चौथाई सदस्यले कुलपपति (प्रधानमन्त्री) समक्ष निवेदन दिनुपर्छ । त्यसपछि कुलपतिले ३ सदस्सीय छानबिन समिति गठन गर्नुपर्छ ।

समितिमा कुलपतिले तोकेको व्यक्ति संयोजक र शिक्षा मन्त्रालयको सचिव र विश्वविद्यालय अनुदान आयोगको प्रतिनिधि सदस्य रहने प्रावधान छ । उक्त समितिलाई एक महिनाभित्र प्रतिवेदन दिने म्याद दिइन्छ । समितिले दिएको प्रतिवेदन सिनेट बैठकमा प्र्रस्तुत हुन्छ । सो प्रतिवेदनमा निज पदाधिकारीलाई हटाउने राय भएमा सिनेट बैठकले बहुममतबाटल निर्णय गरेमा पदाधिकारी पदमुक्त हुने प्रावधान रहेको छ ।

यस्तो कानुनी प्रावधानलाई नजरअन्दाज गर्दै बिहीबार रजिष्टार हटाएको गलत प्रचार भएको छ । मप विश्वविद्यालयका उपप्राध्यापक रुपेश खत्रीले नियम कानुन मिचेर गलत निर्णय भएको र अहिले पनि गलत तरिकाले हल्ला फिजाइएको बताए । ‘शासन व्यक्तिको होइन विधिको हुनुपर्छ,’ खत्रीले भने, ‘यसले विश्वविद्यालयलाई तहसनहस गर्छ, अव सुर्खेती जनता विश्वविविद्यालय जोगाउन जुट्नुपर्छ । देउतीखबरबाट

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...