News Portal

मप विश्वविद्यालयमा बिधि मिचेर भ्रमको खेती गर्दै उपकुलपति कोइराला

हिमाली संचार संवाददाता
७६८ पटक

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविविद्यालयमा करिब ३ महिनादेखि चलेको आन्दोलन निश्कर्षमा पुग्न सकेको छैन । यही अवस्थामा समस्या समाधान गर्नुको साटो उपकुलपति (भिसी) उपेन्द्र कोइलालाले विधि मिचेर निर्णय गर्दा समस्या झन् बल्झिएको छ ।

बिहीबार रजिष्टार डा. महेन्द्रकुमार मल्ललाई बर्खास्त गरेको झुटो भ्रम उपकुलपति कोइरालाले फैलाएका छन् । मप विश्वविद्यालय ऐन अनुसार उपकुलपति, रजिष्टार र सेवा आयोग अध्यक्ष बर्खास्त गर्नको लागि सिनेटको एक चौथाई सदस्यले कुलपपति (प्रधानमन्त्री) समक्ष निवेदन दिनुपर्छ । त्यसपछि कुलपतिले ३ सदस्सीय छानबिन समिति गठन गर्नुपर्छ ।

समितिमा कुलपतिले तोकेको व्यक्ति संयोजक र शिक्षा मन्त्रालयको सचिव र विश्वविद्यालय अनुदान आयोगको प्रतिनिधि सदस्य रहने प्रावधान छ । उक्त समितिलाई एक महिनाभित्र प्रतिवेदन दिने म्याद दिइन्छ । समितिले दिएको प्रतिवेदन सिनेट बैठकमा प्र्रस्तुत हुन्छ । सो प्रतिवेदनमा निज पदाधिकारीलाई हटाउने राय भएमा सिनेट बैठकले बहुममतबाटल निर्णय गरेमा पदाधिकारी पदमुक्त हुने प्रावधान रहेको छ ।

यस्तो कानुनी प्रावधानलाई नजरअन्दाज गर्दै बिहीबार रजिष्टार हटाएको गलत प्रचार भएको छ । मप विश्वविद्यालयका उपप्राध्यापक रुपेश खत्रीले नियम कानुन मिचेर गलत निर्णय भएको र अहिले पनि गलत तरिकाले हल्ला फिजाइएको बताए । ‘शासन व्यक्तिको होइन विधिको हुनुपर्छ,’ खत्रीले भने, ‘यसले विश्वविद्यालयलाई तहसनहस गर्छ, अव सुर्खेती जनता विश्वविविद्यालय जोगाउन जुट्नुपर्छ । देउतीखबरबाट

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...