News Portal

  • गोबिन्द आलेको लयमा दुर्गा मर्सांगी मगरको “अधिकार” बजारमा (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ७६८ पटक

    राजु बोहरा/काठमाडौँ : नेपाली लोक दोहोरी पारखीहरुका लागि “अधिकार” बोलको गीत भर्खरै बजारमा आएको छ । दुर्गा मर्सांगी मगरको नाममा बजारमा आएको यस गीतमा दुर्गा मर्सांगी मगर र लक्ष्मी तामांगको सुमधुर स्वर सुन्न सकिन्छ ।

    कसैलाई मन देखि माया गरिन्छ र त्यो माया एकोहोरो मात्र बन्दिन्छ भने साच्चै मनले माया गरेको मान्छेलाई जिबनभर भुल्न सकिन्न क्यारे, निन्द्रा फरक भए पनि, उसैको नाम जप्न छोड्ने छैन भन्ने भाव रहेको यस वियोगान्त भावलाई राजेन्द्र सुबेदीले लेखेका हुन् ।

    गोबिन्द आलेको मन छुने लय सिर्जना द्वारा सुसजित यस गीतको म्युजिक भिडियोमा सगुन शाही र दिपक रिरुवाको घत लाग्दो अभिनय देख्न सकिन्छ ।

    म्युजिक भिडियोको अनुसार उनीहरु द्वय बाध्यता र बिबस्ता टाढिए पनि एक अर्कामा बीच भुल्न नसक्ने स्थितिमा पुगेका छन् । “अधिकार बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका हुन् भने छायांकन करण चैंसिर र सम्पादन मनोज कार्कीले गरेका छन् ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी...

    रौतहटमा सुटकेसभित्र महिलाको शव

    हेटौँडा, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ अन्तर्गत सिर्सिया सडकखण्डको मुडवालवा मोडमा शनिबार राति एक...