News Portal

कुवेतमा हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम–प्रमुख आकर्षण प्रीति आले

६२६ पटक

कुवेत, भदौ १ – नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कुवेतमा आयोजित हुने परम्परागत सांस्कृतिक महोत्सव हरितालिका तीज विशेष कार्यक्रम आगामी अगस्ट २९, २०८२ गते शुक्रबार, दिउँसो १२ बजे जलिबस्थित अस्पायर इन्डियन स्कूलमा हुने भएको छ। आयोजकहरूले कार्यक्रमलाई भव्य र आकर्षक बनाउन तयारी तीव्र पारेका छन्।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालकी चर्चित लोकदोहोरी गायिका प्रीति आले उपस्थित हुने भएकी छन्। आफ्नो लोकप्रिय गीतसहित प्रस्तुति दिने उनले कुवेतस्थित नेपाली समुदायमा उत्साहको वातावरण सिर्जना गरिसकेकी छिन्।

सांगीतिक महोत्सवमा कुवेतमै रहेका स्थानीय नेपाली कलाकारहरूले पनि विविध प्रस्तुति दिनेछन्। कार्यक्रमलाई अझ रमाइलो र आकर्षक बनाउन आयोजकहरूले विशेष तयारी गरेका छन्।

मञ्चका अध्यक्ष गोबिन्द बरालले भने, “हाम्रो सांस्कृतिक कार्यक्रमले नेपाली समुदायलाई एउटै थलोमा एकत्रित मात्र गर्दैन, प्रवासमा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीलाई मेहनत र संघर्षको बिचमा एक दिनको खुशी दिने अवसर पनि प्रदान गर्छ। यसरी आयोजना हुने कार्यक्रमहरूले हाम्रो सांस्कृतिक पहिचान विश्व समुदायसामु चिनाउन महत्वपूर्ण भूमिका खेल्छ।”

आयोजकहरूले विश्वास व्यक्त गरेका छन् कि यो सांगीतिक महोत्सव सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ र दिदीबहिनीहरूको साझा उत्सव बन्नेछ।

कार्यक्रम विवरण:

मुख्य कलाकार: लोकदोहोरी गायिका प्रीति आले

सहभागी: स्थानीय नेपाली कलाकारहरू

मिति: अगस्ट २९, २०८२ (शुक्रबार)

समय: दिउँसो १२:०० बजे

स्थान: अस्पायर इन्डियन स्कूल, जिलिप, कुवेत

प्रतिकृया दिनुहोस्

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...