News Portal

कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

३८७ पटक

काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९ नेपालीसहित २३ जनाले ज्यान गुमाएका छन्। यस घटनामा करिब १६० जना बिरामी परेका छन्, जसमा धेरैको अवस्था गम्भीर छ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार, ३१ जना भेन्टिलेटरमा छन् भने ५१ जनाले आकस्मिक मिर्गौला डायलाइसिस गराएका छन्। त्यस्तै, २१ जनामा स्थायी दृष्टिदोष देखिएको छ। मन्त्रालयले सबै पीडितको स्वास्थ्य अवस्थामाथि २४ घण्टा निगरानी राख्दै उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाइरहेको जनाएको छ।

कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार, पछिल्ला तीन दिनमा ९ नेपालीको मृत्यु भएको पुष्टि भएको छ भने ३० भन्दा बढी नेपाली विभिन्न अस्पतालमा उपचाररत छन्। “हामी कुवेतका सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा छौं। विस्तृत विवरण संकलन भइरहेको छ र प्रक्रिया पूरा भएपछि मृतकहरूको शव नेपाल पठाइनेछ,” उनले बताए।

कानूनी रूपमा मदिरा बिक्रीमा कडा प्रतिबन्ध रहेको भए पनि लुकीछिपी बिक्री हुने मदिरा सेवन गर्दा ठूलो संख्यामा एसियाली नागरिक प्रभावित भएको दूतावासले जनाएको छ।

यसैबीच, भारतीय दूतावासका अनुसार करिब ४० जना भारतीय नागरिक अस्पताल भर्ना भएका छन्। केहीको अवस्था गम्भीर रहेको र केहीको मृत्यु भएको पुष्टि गर्दै दूतावासले पीडितहरूलाई सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...