News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • खेलकुदमन्त्रीलाई स्वागत गर्न घण्टौसम्म पोखरा रंगशालामै विद्यार्थीलाई खाली खुट्टामा उभ्याईयो

    हिमाली संचार संवाददाता
    ३४४० पटक

    युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई पोखरा रंगशालामा एनप्याब्सन कास्कीको खेलकुद महोत्सव उद्घाटन क्रममा मंगलबार स्वागत गर्दै विद्यार्थी । तस्बिर : वासुदेव पौडेल/रासस 

    पोखरा : लेखनाथ — ४५ विद्यालयका ८ हजार विद्यार्थी, खेलाडी र ३० हजार अभिभावकले अवलोकन गर्ने भनी प्रचारित खेलकुद महोत्सव उद्घाटन गर्न मंगलबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा पोखरा आए ।

    उनी आउँदै गर्दा सांस्कृतिक पहिरनमा सजिएका बालिका जर्‍याकजुरुक उठे । खाली खुट्टै लाममा बसे । मन्त्री मुसुमुसु हाँस्दै आए र नमस्कार गर्दै मञ्चमा उक्लिए ।

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) कास्कीले मन्त्रीको स्वागतमा बालबालिकालाई खाली खुट्टै उभ्याएको हो । मन्त्री विश्वकर्मा निर्धारित समयभन्दा डेढ घण्टा ढिलो आउँदा मार्चपास गर्ने विद्यार्थी चौरमा उभिइरहे ।

    १२ औं एनप्याब्सन खेलकुद महोत्सवको उक्त तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ‘गणतन्त्रमा राजतन्त्रकालीन झल्को’ जस्ता प्रतिक्रिया आएका छन् ।

    ‘मन्त्री आउने भन्दैमा बालबालिकालाई दुरुपयोग गर्न पाइँदैन,’ बालअधिकारकर्मी सरिता ताम्राकारले भनिन्,‘झन् विद्यालयले नै यसरी प्रयोग गर्नु सरासर गलत हो ।’ बालअधिकारमा कार्यरत बाबा फाउन्डेसनकी उपाध्यक्ष ताम्राकारले त्यसरी खाली खुट्टा उभ्याउँदा बालबालिकामा मनोवैज्ञानिक असरपर्ने बताइन् ।

    एनप्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीले भने बालिकाहरू नृत्य गर्न तयार भएर बसेका बेला त्यही बाटो मन्त्री आएपछि उठेर नमस्ते मात्रै गरेको दाबी गरे । ‘उनीहरूलाई स्वागत गर्न राखेको होइन । त्यस्तो योजना पनि थिएन,’ उनले भने, ‘नृत्य गर्न मैदानमा जाने र मन्त्री आउने समय एकैपल्ट परेको हो । कान्तिपुर

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

    दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा...