News Portal

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानविन गर्न काँग्रेसको माग

हिमाली संचार संवाददाता
५१४ पटक

काठमाडौं : मानव तस्करीमा संलग्न रहेको आरोप लागेका अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाबारे छानविन गर्न नेपाली काँग्रेसले सरकार समक्ष माग गरेको छ।

काँग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ती जारी गर्दै राजदूत शेर्पाका गतिवधिबारे एक सातादेखि प्रश्न उठे पनि सरकारले आवश्यक अनुसन्धान नथाल्नु दुखद रहेको जनाएको छ।

सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी बोकेका राजदूतका बारेमा उठेको प्रश्न उपर आवश्यक छानविनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्नसमेत काँग्रेस सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...