News Portal

रोनाल्डो–जर्जिनाको सम्बन्ध अब वैवाहिक बन्धनतर्फ

६६० पटक

काठमाडौं, साउन २७ – पोर्चुगिज फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो समयकी प्रेमिका जर्जिना रोड्रिगेजसँग इन्गेजमेन्ट गर्दै वैवाहिक यात्रा सुरु गर्ने तयारी पक्का गरेका छन्। करिब नौ वर्षदेखि एकअर्काको साथमा रहेका यी जोडीको प्रेमकथा अब विवाहको ढोकासम्म आइपुगेको छ।

३१ वर्षीया जर्जिनाले सामाजिक सञ्जालमार्फत ठुलो औंठीको तस्वीर सार्वजनिक गर्दै स्पानिस भाषामा विवाहप्रतिको उत्साह पोखिन्। रोनाल्डोले भने यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।

रोनाल्डो र जर्जिनाको पहिलो भेट मड्रिडस्थित गुच्ची पसलमा भएको थियो। त्यतिबेला जर्जिना त्यहाँ काम गर्थिन् भने रोनाल्डो रियल मड्रिडका तारा खेलाडी थिए। हाल साउदी क्लब अल–नासरका लागि खेलिरहेका रोनाल्डोका पाँच सन्तान छन्, जसमा दुई सन्तान जर्जिनासँगको सम्बन्धबाट जन्मिएका हुन्।

सन् २०२२ अप्रिलमा उनीहरूको कान्छी छोरी बेला जन्मिएकी थिइन्, तर त्यही समयमा जन्मिएको छोरा मृत जन्मिएका थिए। जर्जिनाले रोनाल्डोका बाँकी तीन सन्तानको पनि ममतापूर्वक हेरचाह गर्दै आएकी छन्।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...