News Portal

सुजिता आचार्य र अमृता बन्जाराको मौलिक गीत “घाईते मुटु उपहार” बजारमा(भिडियो सहित)

हिमाली संचार संवाददाता
७३३ पटक

काठमाडौँ : मौलिक नेपाली लोक तथा दोहोरी गीत संगीतको दुनियाँमा आफ्नो पृथक पहिचान स्थापित गर्दै आएका काव्य म्युजिक सेन्टरको उत्पादनमा सुजिता आचार्य र अमृता बन्जाराको नयाँ मौलिक लोक दोहोरी गीत “घाईते मुटु उपहार” को म्युजिक भिडियो संगीत सरोबरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिको छ ।

मौलिक गीत संगीतका प्रखर गायक रमेश श्रेष्ठ र कन्चन के.सी.को सुमधुर स्वरमा सजिएको यस गीतमा रमेश श्रेष्ठ कै लय तथा कन्चन केसी र सिन्धुको शब्द सिर्जना रहेको छ ।

गौरव गिरीको संगीत संयोजनमा तयार भएको गीतको म्युजिक भिडियोमा राज तामाङ, संचारकर्मी शिवराम भण्डारी, सन्ध्या, बेनिशा लगायतको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन रमेश श्रेष्ठले नै गरेका हुन् भने छायांकन  सागर गौतमको र सम्पादान रमित ओलीको सम्पादन रहेको छ ।

“घाईते मुटु उपहार” बोलको गीतलाई दृश्य निर्माण भने डी आर फिल्म्स प्रालिको रहेको छ । माया प्रेममा हुने विछोडको मर्म र पीडालाई यस गीतको मुख्य विषयवस्तु बनाईएको गायक, निर्देशक तथा सर्जक रमेश श्रेष्ठले बताए ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...