प्रकाश योगी/कंचनपुर : ग्वालावारी सामुदायिक बन उपभोक्ता समूहको १५ औं बार्षिक साधारण सभा ग्वालावारी सा.ब उ. स.को कृष्णपुर नगरपालिका २ वाणी कंचनपुरको कार्यलय परिसरमा सम्पन्न भएको छ ।
कार्यक्रम सामुदायिक बनका अध्यक्ष बलराम पन्तको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख आतिथ्य कंचनपुर क्षेत्र नम्बर २ (क ) का माननीय प्रदेश सभा सदस्य महेश दत्त जोशीको रहेको थियो । बिशिस्ट अतिथी सब डिभिजन बन कार्यालय वाणीका प्रमुख बिश्वराज पण्डित र कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जयनारायण जोशीले बिशिस्ट अतिथिको आसन ग्रहण गर्नु भयो थियो ।
सो कार्यक्रममा सामुदायिक बनको कार्यालय परिसर भित्र घ्युकुमारीको बिरुवा रोपेर कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य महेश दत्त जोशीले बार्षिक साधारण सभाको उदघाटन गर्नु भयो थियो ।
कार्यक्रममा सा.ब.का कोषाध्यक्ष दान बहादुर महताले २०७४/२०७५ को बार्षिक आयब्यय विवरण प्रस्तुत गर्नु भएको थियो । जसमा रु. २८३३२२४ आयब्यय रहेको थियो। कोषाध्यक्ष महताले २०७५/२०७६ को अनुमानित आयब्यय रु. २६१०००० प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा सा.ब. का अध्यक्ष बलराम पन्तले आर्थिक बर्ष २०७५/२०७६ बार्षिक कार्ययोजना प्रस्ताव प्रस्तुत गर्नुभयो थियो ।
ग्वालावारी सामुदायिक बन उपभोक्ता समूहको १५औं बार्षिक साधारण सभामा प्रस्तुत २०७४/२०७५ र २०७५/७६ को आयब्यय र बार्षिक कार्ययोजना निम्नअनुसार छ्न ।