News Portal

समाजवादी मोर्चाको बैठक आलोकनगरमा सुरु, विप्लव असन्तुष्ट : मोर्चा विघटनको प्रस्तावले नेताहरू झस्किए

२९३ पटक

काठमाडौं, साउन १३ – राजधानीको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा समाजवादी मोर्चाको बैठक मंगलबार सुरु भएको छ। पछिल्लो राजनीतिक परिदृश्यमा मोर्चा भित्रको आन्तरिक मनोविज्ञान र भविष्यको रणनीति तय गर्न बोलाइएको बैठकमा सत्तारुढ घटक दलहरूका शीर्ष नेताहरू सहभागी छन्।

बैठकमा समसामयिक राष्ट्रिय राजनीति, सत्ता साझेदारीमा समाजवादी मोर्चाको भूमिका, र मोर्चाको संरचनागत भविष्यका विषयमा गहिरो छलफल भइरहेको मोर्चा निकट स्रोतले जानकारी दिएको छ।

यता, मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भने पछिल्लो समय मोर्चाको कार्यशैलीबाट खुलेरै असन्तुष्ट देखिएका छन्। उनले मोर्चा विघटनको प्रस्तावसमेत अघि सारेपछि एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झस्किएका छन्। दुवै नेताबीच पछिल्ला केही दिनयता यो विषयमा पटकपटक गोप्य संवादसमेत भएको हिमाली स्रोतले जनाएको छ।

मोर्चा संयोजककै असन्तुष्टि र विघटनको चेतावनीसँगै आजको बैठक मोर्चाको अस्तित्व र भावी दिशा तय गर्ने संवेदनशील मोडमा पुगेको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...