News Portal

गगन थापा महानगरपालिकाको कार्यलयमै पुगेपछि झस्किए मेयर विद्यासुन्दर शाक्य !

हिमाली संचार संवाददाता
८४० पटक

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले कमलपोखरी पुनर्निर्माणमा भएको ढिलाइका बारेमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग जानकारी लिएका छन् ।

मंगलबार कांग्रेसका प्रदेश सांसद नरोत्तम बैद्यसहित महानगरपालिकाको कार्यालय सुन्धारा पुगेका थापाले कमलपोखरी पुनर्निर्माणमा भएको ढिलासुस्तीका बारेमा मेयर शाक्यसँग जानकारी मागेका हुन् ।

मेयर शाक्यले कमलपोखरीको ढाँचा र नक्साबारे सांसद थापालाई सम्पूर्ण जानकारी दिएका थिए । मेयर शाक्यको कुराबाट सांसद थापा पूर्णरुपमा सन्तुष्ट हुन नसकेपछि कमलपोखरीको नक्सा र ढाँचामा चित्त बुझाएका थिए ।

तत्कालीन एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका शाक्यले काम गर्न नसकेको भनेर आलोचना भैरहेका बेला कांग्रेसका युवा नेता एवम् सांसद थापाले कार्यालयमै पुगेर पुनर्निर्माणका विषयमा जानकारी लिएका हुन् ।

सांसद थापाले मेयर शाक्यलाई फोन गरेर भेट्न कार्यालयमै आउन लागेको जानकारी गराएपछि शाक्य झस्किएका थिए ।

कमलपोखरी सांसद थापाले जितेको काठमाडौं क्षेत्र नं. ४ मा पर्छ । कमलपोखरी पुनर्निर्माणमा मेयर शाक्यले आलटाल गरेर ढिलाइ गरेको गुनासो बढेको थियो । कांग्रेसका सांसद थापाले मेयर शाक्यले कमलपोखरी पुनर्निर्माण छिटोभन्दा छिटो अगाडि बढाउन निर्देशन दिएका छन् ।

थापाको निर्देशनपछि प्रक्रिया पुर्‍याएर छिट्टै कमलपोखरीको पुनर्निर्माण गर्ने आश्वासन मेयर शाक्यले दिएको कांग्रेसले जनाएको छ । कांग्रेसका सांसद थापाले महानगरपालिकाद्वारा तयार भएको कमलपोखरीको नक्सा र ढाँचा राम्रो भएको भनेर टिप्पणी गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...