News Portal

गरिब परिवारको पीडा: बुझिदिने कोही भएन

३६५ पटक

रविन्द्र बराल/ मोरङ, साउन १३ – मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा वर्षौंदेखि अैलानी जमिनमा बसोबास गर्दै आएका देवकुमार साह हलुवाई अहिले आफ्नै सातजनाको परिवारलाई सुरक्षित राख्न समेत सकिरहेका छैनन्।

आर्थिक अवस्था अत्यन्तै नाजुक भएपछि उनले वर्षौंदेखि घरको चुहिने छानो पनि मर्मत गर्न सकेका छैनन्। टाटीका रूपमा त्रिपाल र थोरै टिनले छाएको सानो कोठाजस्तो घरमा उनीहरू बसोबास गर्छन्। एकतर्फ खुला आकाश मुनि आँगनमा, चारवटा बाँस गाडी टाटी झुन्ड्याएर सुत्नुपर्ने बाध्यता छ।

गाउँमै रहेका दलित समुदायका लागि प्रदेश र स्थानीय सरकारले ‘दलित आवास’ निर्माण गरेका छन् भने मुस्लिम समुदायका लागि मुस्लिम संस्थाले घर बनाएर दिएका छन्। तर देवकुमार न त दलित हुन्, न मुस्लिम। उनी ‘साह हलुवाई’ भएकै कारण कुनै पनि जातीय वा धार्मिक सहायता सूचिमा नपरेका हुन्।

उनको परिवारमा श्रीमती सीता साह, जेठा छोरा रामकुमार साह, सुस्त मानसिक अवस्थाकी छोरी गीता साह, तथा मंगली, लक्ष्मी र पार्वती साह गरी सात जना छन्। गीता मानसिक असन्तुलनको समस्याबाट पीडित छिन्। सबै परिवारजन एउटै घरमा कोचिएर जीवन यापन गर्दै आएका छन्।

बच्चाहरू स्कुल जाने उमेरका भए पनि घरको आर्थिक स्थिति कमजोर भएकाले पढ्न पाउनुको सट्टा घरमै दिन बिताउँछन्। शरीरमा एक जोर लुगा मात्रै, अनि दुई छाक खान पनि मुस्किल पर्छ।

गाउँका अधिकांश घरहरूमा राति झिलिमिली बत्ती बल्छन्। तर देवकुमारको घरमा भने अझै पनि मट्टितेलको कुप्पीमा रात काट्नु पर्छ। “चुनावका बेला नेताहरू घर बनाइदिन्छु भन्थे, तर जितेपछि फर्केर पनि हेरेनन्,” उनले गुनासो पोखे।

बडा नम्बर ५ का अध्यक्ष सोमनाथ कार्कीले २०८१ साल, चैत ३ गते देवकुमारको लागि सिफारिस पत्र दिएका थिए। उक्त पत्रमा छोरी गीता कुमारी साहको मानसिक अवस्था कमजोर रहेको र परिवार अत्यन्तै विपन्न भएकाले स्वास्थ्य उपचार, दैनिक जीवनयापन र आवश्यक खर्चको लागि आर्थिक सहयोगको अनुरोध गरिएको थियो।

घरमा न राम्रो ओछ्यान छ, न खाट। यस्तो अवस्थामा छोरा–छोरीको रेखदेखका लागि सीता साह र देवकुमार रातभर सुत्न नसकेर बसीबसी रात्रि बिताउने गरेका छन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...