News Portal

वृहत एकताको पक्षमा सहयोग गर्ने एनसीसीलाई साथ दिने अध्यक्ष श्रेष्ठको घोषणा

६०० पटक

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेश कुमार श्रेष्ठले वृहत एकताको पक्षमा रहेर र वैधानिक रुपमा अधिवेशन गरेका राष्ट्रिय समन्व्य परिषद् एनसीसीलाई मान्यता दिने प्रष्ट पारेका छन्।

तर, अवैधानिकरुपमा संघको सचिवालय कब्जा गरेको केसी समूहले एनसीसीको निर्वाचन गराए पनि कुनै पनि हालतमा अक्टोबरमा आइसीसीको अधिवेशन हुनै नस्कने प्रष्ट पार्दै उनीहरुसँग सहकार्य गर्ने र एकताको वातावरण विथोल्ने एनसीसीलाई मान्यता नदिने बताए।

‘केही साथीहरुलाई लागेर मात्रै हुँदैन, देशको कानुन, नियम र सर्वोच्च अदालतको परमादेशलाई पनि मान्नुपर्छ होला’ उनले भने।

गत मे महिनामा एनआरएनए उच्चस्तरीय समितिले काठमाडौँमा आयोजना गरेको एकता महाधिवेशनद्वारा नयाँ आइसीसी चयन भैसकेकाले अब अक्टोबरमा गराउने भनेको चुनाव वैधानिक नहुने पनि श्रेष्ठले बताए। केसी पक्षले एकतर्फी रुपमा एनसीसीको अधिवेशन गराएर प्रवासमा बस्ने नेपालीहरुलाई फुटाउने काम गरेको पनि उनको भनाई छ।

अहिले विभिन्न देशमा भइरहेको राष्ट्रिय समन्वय परिषद्हरुको चुनावलाई नजिकबाट नियाली रहेको उनले बताए। उनले निर्वाचन भएका र हुन लागेका एनसीसीहरुले आफू नेतृत्वको कार्यसमितिसँग सहमति गरेर गएमा स्वीकार गरिने पनि प्रष्ट पारे।

सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले गराएको निर्वाचनबाट सर्वसम्मत अध्यक्ष भएका श्रेष्ठले सुरु देखि नै एकताको पक्षमा आफुलाई उभ्याए पनि संघको सचिवालय कब्जा गरेर बसेको केसी समूहका कारण त्यो सम्भव नभएको उनको भनाई छ।

उक्त समूहले अक्टोबरमा आइसीसीको अधिवेशन गर्ने भन्दै धमाधम एनसीसीहरुको चुनाव गराइरहेको विषयमा जानकार रहेका अध्यक्ष श्रेष्ठले आफ्नो कार्यसमिति अहिले पनि एकताको पक्षमा रहेकाले एनसीसीहरुको चुनावका सन्दर्भमा आफू प्रष्ट रहेको बताए। ‘अहिले पनि म दुईवटा समानान्तर एनसीसी बनाउने पक्षमा छैन। तर केही साथीहरुले त्यो अभ्यास गर्नु भएको छ, यो कुरा स्वीकार्य छैन।’

उनले स्पष्ट शब्दमा भने ‘एनसीसीहरुले अक्टोबरमा केसी समूहले गर्ने भनिएको अधिवेशनमा प्रतिनिधि र सदस्यता शुल्क पठाउनहरुलाई मान्यता दिन सकिँदैन।’

श्रेष्ठले सर्वोच्च अदालतले गरेको फैसला आफूले मान्ने बताउँदै अहिले एनसीसीहरुलाई फुटाउने भन्दा पनि एक ढिक्का बनाएर एनआरएनहरुको अधिकारका लागि नेपाल सरकारसँग पहल गर्नुपर्ने बेला रहेको जनाए।

अहिलेसम्म झन्डै ४० देशमा एनसीसीहरुको चुनाव सम्पन्न भएकोमा आधि भन्दा बढी वैधानिक आइसीसीसँग निकट रहेको उनले जनाए। सम्पूर्ण विवरण केही दिनमा सार्वजनिक गर्ने पनि श्रेष्ठले बताए।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...