News Portal

कोशी प्रदेशमा QR कोडमार्फत घुस प्रकरण : मन्त्रीको ‘नचिनेको अभिनय’, संसदमा छानबिनको चर्को माग

३०६ पटक

विराटनगर, साउन १२ – कोशी प्रदेश सरकारभित्रको एउटा अपारदर्शी अध्याय फेरि सतहमा आएको छ। आरोपको केन्द्रमा छन् पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, जसलाई आफ्नै सचिवालयमार्फत QR कोड पठाई घुस मागिएको घटनामा संलग्न भएको आरोप लागेको छ। मन्त्री मण्डलले भने यो सबै आरोपलाई पन्छाउँदै आफूलाई QR पठाउने व्यक्ति को हो भन्ने समेत थाहा नभएको दाबी गरेका छन्।

तर यति हल्का जवाफले प्रदेश सभामा शंका मेटिएको छैन। नेकपा माओवादी केन्द्रका नेता गणेश उप्रेतीले सोमबारको बैठकमै मन्त्रीमाथि औपचारिक छानबिन हुनुपर्ने माग गरे। मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपाली कांग्रेसका नेता उद्धव थापाले समेत यस विषयमा स्पष्ट धारणा दिनुपर्ने उनको जोड थियो।

QR पठाउने व्यक्ति अमृत मेहता मन्त्रीकै सचिवालयमा कार्यरत थिए। उनी निजी सचिवको भूमिकामा थिए तर औपचारिक कागजातमा भाइ सन्तोष मेहताको नाम प्रयोग गरिएको थियो, कारण अमृतको शैक्षिक योग्यता नपुग्नु। अहिले अमृत हराइरहेका छन्, मन्त्रालयमा देखिँदैनन्। मन्त्री मण्डल भने उनी सचिवालयमा थिएनन् भन्दै पन्छिरहेका छन्।

मन्त्रीले दाबी गरेका छन्, “यदि मैले घुस मागेको प्रमाण कसैसँग छ भने, सदनमै ल्याएर देखाऊ।” उनले यो प्रकरणलाई घोर अन्यायको संज्ञा दिँदै आफू कहिल्यै कुनै अनियमित काममा संलग्न नभएको दाबी गरे। तर उनको यो प्रतिकृया विश्वासिलो ठहर्न सकेको छैन।

माओवादी नेता उप्रेतीले कटाक्ष गर्दै भने, “कुनै चोरले म चोर हुँ भनेको कहिले देख्नुभएको छ?” उनले मन्त्रीको प्रतिरक्षामा सत्य लुकाउने शैली देखिएको उल्लेख गर्दै अनुसन्धान नगरी ढाकछोप गर्न खोजिएको चेतावनी दिए।

प्रदेशसभामा उठेका प्रश्नहरूमा मुख्यमन्त्री कार्कीले अहिलेसम्म मौनता साधेका छन्। उप्रेतीले प्रधानमन्त्री प्रचण्ड समेत यस विषयमा मौन बसिरहेको भन्दै आलोचना गरे। उनका अनुसार “घुसजस्ता गम्भीर आरोपहरू एकपछि अर्को गर्दै आइरहेका छन्, तर सरकार बेफिक्री बनेको छ।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...