News Portal

कोशी प्रदेशमा QR कोडमार्फत घुस प्रकरण : मन्त्रीको ‘नचिनेको अभिनय’, संसदमा छानबिनको चर्को माग

४२० पटक

विराटनगर, साउन १२ – कोशी प्रदेश सरकारभित्रको एउटा अपारदर्शी अध्याय फेरि सतहमा आएको छ। आरोपको केन्द्रमा छन् पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, जसलाई आफ्नै सचिवालयमार्फत QR कोड पठाई घुस मागिएको घटनामा संलग्न भएको आरोप लागेको छ। मन्त्री मण्डलले भने यो सबै आरोपलाई पन्छाउँदै आफूलाई QR पठाउने व्यक्ति को हो भन्ने समेत थाहा नभएको दाबी गरेका छन्।

तर यति हल्का जवाफले प्रदेश सभामा शंका मेटिएको छैन। नेकपा माओवादी केन्द्रका नेता गणेश उप्रेतीले सोमबारको बैठकमै मन्त्रीमाथि औपचारिक छानबिन हुनुपर्ने माग गरे। मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपाली कांग्रेसका नेता उद्धव थापाले समेत यस विषयमा स्पष्ट धारणा दिनुपर्ने उनको जोड थियो।

QR पठाउने व्यक्ति अमृत मेहता मन्त्रीकै सचिवालयमा कार्यरत थिए। उनी निजी सचिवको भूमिकामा थिए तर औपचारिक कागजातमा भाइ सन्तोष मेहताको नाम प्रयोग गरिएको थियो, कारण अमृतको शैक्षिक योग्यता नपुग्नु। अहिले अमृत हराइरहेका छन्, मन्त्रालयमा देखिँदैनन्। मन्त्री मण्डल भने उनी सचिवालयमा थिएनन् भन्दै पन्छिरहेका छन्।

मन्त्रीले दाबी गरेका छन्, “यदि मैले घुस मागेको प्रमाण कसैसँग छ भने, सदनमै ल्याएर देखाऊ।” उनले यो प्रकरणलाई घोर अन्यायको संज्ञा दिँदै आफू कहिल्यै कुनै अनियमित काममा संलग्न नभएको दाबी गरे। तर उनको यो प्रतिकृया विश्वासिलो ठहर्न सकेको छैन।

माओवादी नेता उप्रेतीले कटाक्ष गर्दै भने, “कुनै चोरले म चोर हुँ भनेको कहिले देख्नुभएको छ?” उनले मन्त्रीको प्रतिरक्षामा सत्य लुकाउने शैली देखिएको उल्लेख गर्दै अनुसन्धान नगरी ढाकछोप गर्न खोजिएको चेतावनी दिए।

प्रदेशसभामा उठेका प्रश्नहरूमा मुख्यमन्त्री कार्कीले अहिलेसम्म मौनता साधेका छन्। उप्रेतीले प्रधानमन्त्री प्रचण्ड समेत यस विषयमा मौन बसिरहेको भन्दै आलोचना गरे। उनका अनुसार “घुसजस्ता गम्भीर आरोपहरू एकपछि अर्को गर्दै आइरहेका छन्, तर सरकार बेफिक्री बनेको छ।”

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...