News Portal

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरमै सम्पन्न गर्ने प्रधानमन्त्री ओलीको निर्देशन

३९६ पटक

काठमाडौं, साउन १२ – देशको प्रतिष्ठासँग जोडिएको राष्ट्रिय खेलकुद प्रतियोगिता अब ढिलाइमा होइन, समयमै सम्पन्न गरिने छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता यही मंसिरभित्रै सम्पन्न गर्ने गरी तयारी अघि बढाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफलमा प्रधानमन्त्री ओलीले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई चुस्त र प्रभावकारी ढंगले काम गर्न आग्रह गर्दै प्रतियोगितालाई राष्ट्रिय गौरवको विषयका रूपमा लिनुपर्ने धारणा राखे।

सन् २०२६ मा जापानमा हुने एसियन गेम्सलाई लक्षित गर्दै उनले राष्ट्रिय स्तरको तयारी अझ सुदृढ, सुनियोजित र सम्मानजनक बनाइनुपर्ने बताए। प्रधानमन्त्री ओलीको भनाइमा, “राष्ट्रिय प्रतियोगिता भनेको केवल खेलकुदको उत्सव होइन, देशकै इज्जतसँग गाँसिएको स्वाभिमान हो। त्यसैले अब मिति र स्थान राम्ररी अध्ययन गरेर निर्धारण गर, निर्णयपछि फेरबदल नगर।”

ओलीले मन्त्रालय र परिषद्बीचको समन्वयमा पनि ध्यान दिनु आवश्यक रहेको भन्दै दुबै निकायलाई एउटै दिशामा अघि बढ्न आग्रह गरे।

छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्य–सचिव टङ्कलाल घिसिङसमेत सहभागी थिए।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...