आज : २०२६-०७-२८, मङ्गलबार

***** गजल *****

– आशांक उपाध्याय

इखलाई दुमो जस्तै मैले साँचेको भए !
मैले जीतेको अनि तिमीले हारेको भए ?

दुनियाँ चक्र हो घुम्छ अनि घुमाउँछ
के लड्थें र यहि कुरा जानेको भए !

गुनासो एउटा रोग हो औषधी खोज
सबै कुरा बक्थेंनौ तिमी मातेको भए !

माया बन्धन रे सात जुनीसम्मलाई
मुटु किन दुख्यो त पिरती लाएको भए

हारे पछि पश्चाताप गर्नेहरु भन्छन
जीत्थें कि अर्को पटक नि आँटेको भए !