News Portal

डिजिटल युगमा ढिलाइ गर्न नहुने देउवाको चेतावनी : एआई अबको आवश्यकता हो

३६८ पटक

काठमाडौं, साउन ११ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अब डिजिटल युगको ढोकामा उभिएको र यसलाई अँगाल्न ढिलाइ गर्न नहुने स्पष्ट सन्देश दिएका छन्। आइतबार पार्टीको सानेपा स्थित केन्द्रीय कार्यालयमा विज्ञान तथा सूचना प्रविधि विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै देउवाले, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अब भविष्यको कल्पना नभई वर्तमानको अपरिहार्यता भएको बताए।

“आजको युग इन्टरनेट र एआईको हो,” देउवाले भने, “हामीले यसको प्रयोग थालिसकेका छौं, तर अझ व्यापक ढंगले विस्तार गर्न सक्ने हो भने यसले मुलुकलाई ठुलो फड्को मार्न सहयोग गर्नेछ।”

उनले एआईको प्रयोग शिक्षादेखि स्वास्थ्य, कृषिदेखि पूर्वाधार र रोजगारीसम्मका विविध क्षेत्रहरूमा प्रभावकारी रूपमा गर्न सकिने भन्दै राज्य र पार्टी दुवैले यसमा प्राथमिकता दिनुपर्ने धारणा राखे।

“देशले अहिलेको आवश्यकता अनुसारको बाटो समाउन नसक्ने हो भने पछाडि पर्छौं। एआई प्रविधिको प्रयोग कुनै विलासी कल्पना होइन, अबको समयले मागेको आवश्यकता हो,” देउवाको स्पष्ट सन्देश थियो।

सभापति देउवाले डिजिटल नेपालको परिकल्पनालाई व्यवहारमा उतार्न विज्ञान, प्रविधि र नवप्रवर्तनको प्रयोग अपरिहार्य भएको उल्लेख गर्दै यस दिशामा गम्भीरताका साथ लाग्न सबैलाई आग्रह गरे।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...