News Portal

कोशीका वनमन्त्री मण्डलको स्पष्टोक्ति : ‘खाँदै नखाएको विषले जिउँदै मार्‍यो’, घुस प्रकरणको खण्डन गर्दै प्रमाण ल्याउन चुनौती

३०८ पटक

विराटनगर, साउन ११ – कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले घुस मागेको आरोपलाई खारेज गर्दै तीव्र असन्तुष्टि प्रकट गरेका छन् । प्रदेशसभा बैठकको विशेष समय लिँदै मन्त्री मण्डलले घुसको आरोपलाई “आधारहीन, पूर्वाग्रही र चरित्र हत्या गर्न खोजिएको” भन्दै खण्डन गरेका हुन् ।

सचिवालयका कर्मचारीमार्फत क्युआर कोड पठाएर रकम मागिएको भनिएको विवाद सार्वजनिक भएपछि मन्त्री मण्डलले आइतबार खुलेर बोले । आरोपप्रति जवाफ दिँदै उनले नेपाली सङ्गीतकर्मी नवीन के भट्टराईको चर्चित गीत “खाँदै नखाएको विषले जिउँदै मार्‍यो” गाएर आफ्ना भावनाहरू व्यक्त गरे ।

“बजारमा देखिएको त्यो क्युआर कोड मेरो मोबाइलबाट पठाइएको होइन,” मन्त्री मण्डलले जिकिर गरे, “त्यो कोड कसको हो, किन र कसका लागि बनाइएको हो भन्ने विषयमा मेरो कुनै संलग्नता छैन ।”

क्युआर कोड पठाउने व्यक्ति अमृत मेहतालाई लिएर उठेको प्रसङ्गमा मन्त्री मण्डलले अमृत आफूको सचिवालयमा कहिल्यै नियुक्त नभएको दाबी गरे । यद्यपि अमृत मन्त्रालयमा सन्तोष मेहताको नाममा काम गर्दै आएका थिए, जो उनका सिधै भाइ हुन् ।

सूचनाहरूअनुसार अमृतले कार्यकर्ता व्यवस्थापन र पार्टी गतिविधिका लागि रकम आवश्यक परेपछि क्युआर कोड पठाएको आरोप लागेको छ । घटनापछि मन्त्री मण्डलले उनलाई सचिवालयबाट हटाइसकेका छन् । तर, मण्डलले प्रदेशसभामा उभिएर भने, “कुनै पनि प्रमाणबिना यस्ता गम्भीर आरोप लगाउनु न्यायसंगत होइन ।”

उनको भनाइमा अझ जोड दिँदै उनले भने, “गल्ती देखाउने तर प्रमाण दिन नपर्ने? के म कागले कान लग्यो भन्दै कान समात्न नजानेको व्यक्ति हुँ? यो सरासर अन्याय हो । मेरो सचिवालय वा मैले कुनैपनि माध्यमबाट रकम मागेको प्रमाण छ भने सार्वजनिक गरियोस् । म कानुनी कारबाही सामना गर्न तयार छु ।”

मन्त्री मण्डलले यो सम्पूर्ण प्रकरण नियोजित रूपमा आफ्नाे छविलाई धूमिल पार्ने अभियान भएको आरोप लगाए । उनले निष्पक्ष अनुसन्धानका लागि सम्बन्धित निकायलाई आग्रह गर्दै दोषी पाइए कारबाहीको मागसमेत गरे ।

सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एकजना प्रदेशसभा सदस्यले भने, “मण्डलको प्रस्तुतिमा पीडाको आवाज थियो । अब सत्य के हो भन्ने निष्कर्ष कानुनी निकायले नै दिनुपर्छ ।”

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...