News Portal

अधिनायकवादको कुरा गर्नेहरूले इतिहास बिर्सिएजस्तो लाग्छ : प्रधानमन्त्री ओली

१३८ पटक

काठमाडौं, साउन ११ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिवेशलाई अधिनायकवादको संज्ञा दिनेलाई विगतका संघर्ष र त्यागको वास्तविकता थाहा नभएको टिप्पणी गरेका छन्। आइतबार बालुवाटारमा आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनका लागि नेपाली कांग्रेस र कम्युनिष्ट दुवैले गहिरो बलिदान दिएको स्मरण गराए।

“अहिले कसैलाई केही मन परेन भने अधिनायकवाद भन्ने चलन चलेको छ,” प्रधानमन्त्री ओलीले कटाक्ष गर्दै भने, “तर अधिनायकवाद के हो भन्ने कुरा जेल, हतकडी र कालकोठरी भोगेका हामीलाई थाहा छ। ती कठोर दिनहरूबाट गुज्रिएका बीपीहरूलाई थाहा छ।”

उनले बीपी कोइराला र पुष्पलाल श्रेष्ठजस्ता ऐतिहासिक नेता कुनै दल विशेषका मात्र नभएर सम्पूर्ण देशकै साझा सम्पत्ति भएको धारणा व्यक्त गरे। ओलीले भने, “यस्ता महान् व्यक्तित्वहरू निहित स्वार्थबाट होइन, राष्ट्रको हितका लागि लडेका थिए। त्यसैले बीपीको योगदानलाई सम्मान गर्दै सरकारले राष्ट्रिय पुरस्कार स्थापना गरेको हो।”

प्रधानमन्त्री ओलीका अनुसार प्रजातन्त्र स्थापनाका लागि लड्ने पुराना नेताहरूले आफ्नो व्यक्तिगत सहजता र सुरक्षाभन्दा अगाडि देशको मुक्ति र समृद्धिलाई प्राथमिकता दिएका थिए। उनले आजको पुस्तालाई ती आदर्श नेताहरूको त्याग, संघर्ष र दृष्टिकोणबाट प्रेरणा लिनुपर्नेमा जोड दिए।

कार्यक्रमको अन्त्यमा प्रधानमन्त्री ओलीले देशमा आएको प्रजातन्त्र सजिलो र स्वतः प्राप्त नभएको, बरु संघर्षको गहिरो इतिहासबाट जन्मिएको भन्दै वर्तमान राजनीतिक मूल्य–मान्यतालाई रक्षा गर्न सबै जिम्मेवार हुनुपर्ने बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...