News Portal

विद्या भण्डारीको सक्रियता र अध्यक्ष पदप्रतिको आकांक्षापछि एमालेको निर्णयः अध्यक्ष ओलीको प्रष्ट भनाइ

२१९ पटक

काठमाडौं, साउन ११ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष पदमा चासो देखाएपछि पार्टीभित्र हलचल बढेको छ। यसै सन्दर्भमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियता र अध्यक्ष पदप्रतिको नजरलाई लिएर पार्टी केन्द्रीय कमिटीले हस्तक्षेप गर्नुपरेको स्पष्ट पारेका छन्।

बालुवाटारमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरूसँगको छलफलका क्रममा अध्यक्ष ओलीले भने, “देशकै अभिभावक बन्नुपर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँगै अध्यक्ष पदमा आँखा गाडेपछि पार्टी निर्णय प्रक्रियामा जान बाध्य भयो।” उनले थपे, “हामीले उहाँ राजनीतिमा फर्कनुहुन्छ भन्ने कल्पना नै गरेका थिएनौं।”

ओलीका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतीकका रूपमा रहनुपर्ने पदबाट निवृत्त भएकी भण्डारीले पार्टी राजनीति भित्रिन खोज्दा उनको आफ्नै प्रतिष्ठामा आँच पुग्ने खतरा पैदा भएको छ। उनले भने, “लामो समयको संघर्षपछि प्राप्त उपलब्धिको प्रतीक भएर रहनुपर्ने व्यक्तिले सामान्य सदस्यताको विषयलाई लिएर विवाद सिर्जना गर्दा उहाँकै गरिमा घटेको छ।”

छलफलका क्रममा ओलीले पार्टीभित्र देखिएको हालको परिस्थितिलाई “सानो हावाको झोक्का” भन्दै त्यसमा अलमलिनु आवश्यक नरहेको उल्लेख गरे। उनले पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न नेताहरूलाई आग्रह गर्दै भने, “हामीले इतिहासमा ठूलाठूला आँधीबेहरी पार गरेर यहाँसम्म ल्याएका हौं। अहिले देखिएको अवस्था सामान्य हो, समाधान हुन्छ।”

ओलीले आफू नेतृत्वमा आएदेखि नै पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न कटिबद्ध रहेको उल्लेख गर्दै आगामी निर्वाचन (२०८४) लाई ध्यानमा राखेर एमालेलाई पुनः जनादेश प्राप्त पहिलो शक्ति बनाउने लक्ष्यमा अघि बढ्नुपर्ने बताए। उनले जोड दिँदै भने, “पार्टी र देशको हितलाई प्राथमिकता दिनुपर्छ, व्यक्तिगत आकांक्षाले हैन, संस्थागत अनुशासन र मार्गदर्शनले पार्टी अगाडि बढ्छ।”

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...