News Portal

सुदूरपश्चिमको पहाडी जिल्लामा मेडिकल कलेज हुनुपर्छ : डा.गोबिन्द केसी

हिमाली संचार संवाददाता
५७७ पटक

धनगढी : प्राध्यापक डाक्टर गोविन्द केसीले सुदूरपश्चिमका पहाडी जिल्लामा मेडिकल कलेज स्थापना गर्नुपर्ने बताएका छन्। सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्था दयनिय रहेको छ’ आइतबार पत्रकारसंग भेटघाट गर्दै डाक्टर केसीले भने ‘अहिले सुदूरपश्चिमको कैलालीमा एक मेडिकल कलेज बनिरहेको छ तर, पहाडी जिल्लालाई लक्षित गरेर अर्को मेडिकल कलेज पनि स्थापना हुन जरुरी रहेको छ।

उनले प्रदेशको डोटी वा डडेल्धुरामा मेडिकल कलेज स्थापना भए अछाम, बझाङ, दार्चुला, बैतडी जिल्लामा बसोबास गर्दै आएका स्थानीयलाई स्वास्थ्य सेवा पाउनमा सहज हुने बताए। उनले विगतमा सरकारसंग यसबारे सम्झौता भएपनि कार्यान्वयनमा कसैले ध्यान नदिएको बताए।

सुदूरपश्चिम र कर्णाली विगतदेखि अहिलेसम्म राज्यबाट उपेक्षित भएकाले यस क्षेत्रका मानिसले स्वास्थ्य सेवा लिन बाहिर जानुपर्ने बाध्यता रहेको बताए। ‘धन भएका व्यक्तीहरु नेपालको काठमाडौं, नेपालगञ्ज, भारतका विभिन्न स्थानमा पुगेर स्वास्थ्य सेवा लिन्छन् तर, गरिव व्यक्तिहरु विरामी भए कतै जान सक्दैनन्’ उनले भने।

प्रदेशमा निर्माणाधीन अवस्थामा रहेको गेटा मेडिकल कलेजको अवलोकन गरेका प्राध्यापक डाक्टर केसीले भने ‘दुई वर्ष अगाडिको तुलनामा अहिले मेडिकल कलेजको अवस्था सुधार हुदै गएको छ।’ उनले दुई वर्षभित्र कलेज सञ्चालनमा आइसक्ने अपेक्षा व्यक्त गर्दै भने ‘कलेज सञ्चालनमा आए यस क्षेत्रका जनतालाइ स्वास्थ्य सेवा पाउन सहज हुने छ। उनले सरकारले आफूसग गरेको सम्झौता पुष २ गतेसम्ममा पुरा नगरे अनसन बस्ने अल्टिमेटम दिइसकेको बताए।

१५ औ“ सत्याग्रहको क्रममा साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन नगरिए पुष २ गतेबाट अनसनमा बस्ने घोषणा गरेको बताए। उनले सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐन संशोधन गरेर संसदबाट अविलम्ब पारित गर्न, सरकारको निर्णय उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन, प्रमाण लोप गर्ने, झूठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या गर्ने व्यक्तितहरुमाथि तत्काल फौजदारी मुद्दा चलाउन लगायतका माग अघि बढाएको बताए।

१५ औं अनसन जुम्लाबाट शुरु गरेका डाक्टर केसीले १६ औं अनसन कुन ठाउबाट सञ्चालन गर्ने भन्ने सञ्चारकर्मीको जिज्ञासामा ‘स्थान भन्न सक्दैन अनसन बसेपछि थाहा पाउनु हुने छ।

डाक्टर केसीले स्वास्थ्य क्षेत्र सुधारका लागि सबै क्षेत्रको साथ र सहयोगले सफल हुन लागेको बताउ“दै ‘अब सानो खुडकिलो बाकी छ।’ ऐन पारित भए धनाढय मात्र होइन सबै विद्यार्थीहरुको पहुँच हुने विश्वास व्यक्त गरे। उनले शिक्षा र स्वास्थ्यमा चरण व्यवसायीकरण भइरहेको बताउ“दै ‘सबै पार्टीका नेताहरुको गलत स्वार्थका कारण गुणस्तरिया स्वास्थ्य सुविधामा सम्मान पहु“च हुन सकेको छैन्।

डाक्टर केसी बझाङमा स्वास्थ्य शिविर गर्न यस प्रदेशमा आएका थिए। सोही क्रममा उनले निर्मला पन्तको न्यायका लागि जारी धर्नामा सहभागि भएका थिए। उनी आइतबारनै काठमाडौं फिर्ता भएका छन्।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...