News Portal

“मलाई पार्टीबाट रोक्न सकिँदैन” – भण्डारीको एमाले नेतृत्वलाई चुनौतीपूर्ण सन्देश

२७० पटक

काठमाडौं, साउन ९ – पार्टी सदस्यताको विषयमा नेकपा एमालेले लिएको पछिल्लो निर्णयप्रति गहिरो असन्तुष्टि जनाउँदै पूर्वराष्ट्रपति विद्या भण्डारीले आफूलाई रोकिने आधार नै नरहेको स्पष्ट पारेकी छिन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले भनिन्, “पार्टी सदस्य भएको ४५ वर्ष पुग्यो, मलाई सदस्यता नवीकरण गर्न नदिने निर्णय न्यायसंगत हुन सक्दैन।”

एमाले केन्द्रीय समितिको बैठकले भण्डारीको सदस्यता नवीकरणमा रोक लगाउँदै सक्रिय राजनीतिमा फर्कन नमिल्ने निर्णय गरेपछि, पूर्वराष्ट्रपतिले पहिलोपटक सार्वजनिकरूपमा कडा प्रतिक्रिया दिएकी हुन्।

उनले भनिन्, “म राष्ट्रपतिका रूपमा जिम्मेवारी निर्वाह गर्दा पनि पार्टीमा ३५ वर्ष बिताइसकेको थिएँ। आज त्यो योगदान ४५ वर्ष पुगिसकेको छ। यस्तो अवस्थामा मलाई पार्टीबाट विमुख गरिनु न त वैधानिक हो, न नै राजनीतिक परिपक्वताको संकेत हो।”

भण्डारीले एमालेको निर्णय पार्टीको मर्म र जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्तविपरीत भएको ठहर गरिन्। उनले भनिन्, “छलफल र विवेकको आधारमा निर्णय गर्ने संस्कार जबजको आत्मा हो। तर आज जुन निर्णय गरियो, त्यसले न पार्टीको साख जोगाउँछ, न भविष्यमा उदाहरण बन्न सक्छ।”

पूर्वराष्ट्रपतिले भावुक हुँदै भनिन्, “यो पार्टी बनाउने क्रममा हजारौं कार्यकर्ताहरूले रगत, पसिना बगाएका छन्। म कुनै भावनामा बगेर होइन, गम्भीर सोच र अनुभवको जगबाट बोलिरहेकी छु।”

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...