News Portal

इरानको जेलबाट मुक्त भए पाँच नेपाली, बिहीबार स्वदेश अवतरण

२५२ पटक

काठमाडौं, साउन ९ – इरानको जेलमा महिनौँदेखि थुनामा रहेका पाँच जना नेपाली नागरिक अन्ततः रिहा भई स्वदेश फर्किएका छन्। गैरकानुनी रूपमा इरान पुगेका ती नेपालीलाई पक्राउ गरी थुनामा राखिएको थियो। तर, तीव्र कूटनीतिक प्रयासपछि इरानको अदालतले उनीहरूलाई थुनामुक्त गर्ने आदेश दिएको हो।

परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। मन्त्रालयका अनुसार नेपाल सरकार, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत तथा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) को सहकार्यमा उनीहरू बिहीबार काठमाडौं अवतरण गरेका हुन्।

गत जुन १३ देखि इजरायल र इरानबीच सैन्य द्वन्द्व सुरु भएपछि इरानमा रहेका धेरै नेपाली नागरिक संकटमा परेका थिए। जुन २३ मा युद्धविराम भए पनि त्यहाँ फसेका नेपालीहरूको अवस्था गम्भीर बन्दै गएको थियो। यसै सन्दर्भमा नेपाल सरकारले इजरायलस्थित नेपाली दूतावास, दोहा र तेहरानस्थित नियोगहरूसँग निरन्तर समन्वय गरेको थियो।

द्वन्द्वकै दौरान नेपाल सरकारको विशेष आग्रहमा भारत सरकारले समेत सक्रिय भूमिका निर्वाह गर्दै इरानबाट ९ जना नेपालीको उद्दार गरेको थियो। तीमध्ये केही स्वदेश फर्किसकेका छन् भने बाँकीलाई क्रमशः फर्काइँदैछ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...