News Portal

नयाँ भर्ना हुने कर्मचारीका लागि निवृत्तभरण कोषको व्यवस्था हुँदैछ : अर्थमन्त्री खतिवडा

हिमाली संचार संवाददाता
५१३ पटक

काठमाडौं– सरकारले कर्मचारीहरुका लागि ‘योगदानमा आधारित निवृत्तभरण कोष’ को छुट्टै व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले नयाँ भर्ना हुने कर्मचारीका लागि सरकारले ‘योगदानमा आधारित निवृत्तभरण कोष’ को छुट्टै व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन् ।

मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा बोल्दै उनले वित्तिय प्रणालीलाई व्यवस्थित बनाउन र मुलुकमा अनावश्यक वित्तिय भार हुन नदिन पनि सरकारले नयाँ कर्मचारीहरुको लागि पेन्सन बराबरको आर्थिक सहायता उपलब्ध गराउन सो कोषको व्यवस्था गर्न लागिएको पनि स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले सो कोषको व्यवस्था गर्न सरकारले संघीय संसदमा ‘निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गर्नु परेको पनि स्पष्ट पारे ।

अर्थ समितिको मंगलबारको बैठकमा सोही विधेयकमाथिको छलफल सुरु भएको छ । अर्थमन्त्री खतिवडाले सो विधेयकमा सेवा निवृत्त भएका कर्मचारीहरुले आर्थिक सहायता पाउने सुनिश्चितता गरेको दावी समेत गरे ।

अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा प्रणालीलाई दिगो, भरपर्दो र चीरस्थायी बनाउन पनि सो कोषको आवश्यक्ता पर्न गएको पनि बताए । बैठकमा समितिका सदस्य प्रेम सुवालले गरिब पृष्ठभूमिबाट आएका कर्मचारीलाई अरु कर्मचारीको भन्दा बढी निवृतभरणको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले सरकारले मजदुर र किसानलाई पनि निवृत्तभरण दिने गरी कानुनी व्यवस्था गर्न नसकेकोमा असन्तुष्टि पनि व्यक्त गरे ।

समितिका सदस्यहरुले कर्मचारीहरुको सेवा र सुविधाको उचित व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...