News Portal

  • नयाँ भर्ना हुने कर्मचारीका लागि निवृत्तभरण कोषको व्यवस्था हुँदैछ : अर्थमन्त्री खतिवडा

    हिमाली संचार संवाददाता
    ४५६ पटक

    काठमाडौं– सरकारले कर्मचारीहरुका लागि ‘योगदानमा आधारित निवृत्तभरण कोष’ को छुट्टै व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले नयाँ भर्ना हुने कर्मचारीका लागि सरकारले ‘योगदानमा आधारित निवृत्तभरण कोष’ को छुट्टै व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन् ।

    मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा बोल्दै उनले वित्तिय प्रणालीलाई व्यवस्थित बनाउन र मुलुकमा अनावश्यक वित्तिय भार हुन नदिन पनि सरकारले नयाँ कर्मचारीहरुको लागि पेन्सन बराबरको आर्थिक सहायता उपलब्ध गराउन सो कोषको व्यवस्था गर्न लागिएको पनि स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले सो कोषको व्यवस्था गर्न सरकारले संघीय संसदमा ‘निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गर्नु परेको पनि स्पष्ट पारे ।

    अर्थ समितिको मंगलबारको बैठकमा सोही विधेयकमाथिको छलफल सुरु भएको छ । अर्थमन्त्री खतिवडाले सो विधेयकमा सेवा निवृत्त भएका कर्मचारीहरुले आर्थिक सहायता पाउने सुनिश्चितता गरेको दावी समेत गरे ।

    अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा प्रणालीलाई दिगो, भरपर्दो र चीरस्थायी बनाउन पनि सो कोषको आवश्यक्ता पर्न गएको पनि बताए । बैठकमा समितिका सदस्य प्रेम सुवालले गरिब पृष्ठभूमिबाट आएका कर्मचारीलाई अरु कर्मचारीको भन्दा बढी निवृतभरणको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले सरकारले मजदुर र किसानलाई पनि निवृत्तभरण दिने गरी कानुनी व्यवस्था गर्न नसकेकोमा असन्तुष्टि पनि व्यक्त गरे ।

    समितिका सदस्यहरुले कर्मचारीहरुको सेवा र सुविधाको उचित व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बत्ती झ्यापझ्याप जाने समस्या– नयाँ एमडीले भने, प्रणाली नै कमजोर छ

    काठमाडौं, असोज ८ – नेपालमा लोडसेडिङ हटाउन ठूलो भूमिका खेलेका कुलमान घिसिङ अहिले ऊर्जामन्त्री बनेका...

    रास्वपाको वेबसाइटमा ह्याकर समूहको आक्रमण, रवि लामिछाने लक्षित सन्देश

    काठमाडौँ, असोज ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक वेबसाइट ‘जेनजी राइजिङ नेपाल’ नामक...

    रास्वपाको केन्द्रीय समिति बैठक आज पनि जारी

    काठमाडौं, असोज ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बसिरहेको...

    देउवा दम्पती डिस्चार्ज हुँदै, अस्थायी बसोबास ललितपुरमा

    काठमाडौं, असोज ८ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री...

    आज २०८२ साल असोज ८ गतेको राशिफल

    आज असोज ८, २०८२ (सेप्टेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...