News Portal

शैल्यशिखरमा जीवितलाई मृत देखाएर कृषि अनुदान हत्याउने षड्यन्त्र : दुई कर्मचारी पक्राउ

३२९ पटक

दार्चुला, साउन ८ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा कृषि अनुदान रकम हत्याउने नियतले जीवित व्यक्तिहरूलाई मृत घोषणा गर्दै फर्जी कागजात पेश गरिएको खुलासा भएको छ। यस आपराधिक योजनामा संलग्न भएको आरोपमा दुई कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्तिहरूमा शैल्यशिखर नगरपालिका कृषि शाखाका प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन्। जनकसिंह धामी हाल नगरपालिकाका मेयर विजयसिंह धामीका छोरा हुन्।

प्रहरीका अनुसार, ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमअन्तर्गत दुई लाख २० हजार रुपैयाँ कृषि अनुदान रकम प्राप्त गर्नका लागि कृषक समूहका सचिव मञ्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भएको झुटा कागजात तयार पारिएको थियो। त्यसैका आधारमा ग्लोबल आईएमई बैंक, गोकुलेश्वर शाखामा हस्ताक्षर परिवर्तन गरी रकम निकाल्ने प्रयास भएको खुलासा भएको हो।

दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले दिएको जानकारीअनुसार, उनीहरूलाई बुधबार पक्राउ गरिएको हो। हाल लिखतसम्बन्धी किर्ते, आपराधिक विश्वासघात तथा ठगीको अभियोगमा किटानी जाहेरी दर्ता गरिएपछि जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...