News Portal

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना : दुई वृद्धाको घटनास्थलमै निधन, १५ जना घाइते

२८३ पटक

बाजुरा, साउन ८ – हिमाली गाउँपालिका–५ को टुनीगडा आसपासको क्षेत्र सोमबार बिहान दुःखद दुर्घटनाको साक्षी बन्न पुग्यो। किउडीबाट धुलाचौरतर्फ गइरहेको यात्रुबाहक जिप टुनीगडामा अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना वृद्ध महिलाको घटनास्थलमै मृत्यु भयो भने १५ जना घाइते भएका छन्।

बा प्र. ०३००१ ज ०३३८ नम्बरको उक्त जिपमा २६ जना यात्रु सवार थिए। जिप क्षमताभन्दा बढी यात्रु बोकेको र उकालोबाट झर्दै गर्दा अनियन्त्रित बनेको स्थानीय स्रोतले जानकारी दिएको छ।

मृत्यु हुनेमा हिमाली गाउँपालिका–५ की ७६ वर्षीया बाचा रोकाया र ७५ वर्षीया विजौरा रोकाया रहेको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले पुष्टि गर्नुभयो। दुःखद घटनाले स्थानीयवासी स्तब्ध बनेका छन्।

घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने उनीहरूलाई स्थानीय स्वास्थ्य चौकी हुँदै प्राथमिक उपचारपछि थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको छ।

प्रहरीले घटनास्थलमै पुगेर प्रारम्भिक अनुसन्धान थालिसकेको जनाएको छ। प्रारम्भिक अनुमान अनुसार क्षमताभन्दा बढी यात्रु भएका कारण जिप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...