News Portal

  • प्रतिनिधिसभाको बैठक आज अपराह्न : दुई महत्वपूर्ण विधेयकसहित तीन संसदीय समिति पनि सक्रिय

    ११९ पटक

    काठमाडौं, साउन ८ – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहीबार साउन ८ गते अपराह्न १ बजेका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको छ। बैठकमा दुईवटा महत्त्वपूर्ण विधेयक प्रस्तुत गरिने कार्यसूची तय भएको छ भने प्रतिनिधिसभा र राष्ट्रिय सभाका तीन संसदीय समितिहरूको छुट्टाछुट्टै बैठक पनि आजै बस्दैछन्।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले “मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१” संसदमा प्रस्तुत गर्दै उक्त विधेयकमाथि छलफल गरिने प्रस्ताव पेस गर्ने तयारीमा छन्। यो विधेयकले मानव बेचबिखन र ओसारपसारजस्ता गम्भीर आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न कानुनी संरचना थप सशक्त पार्ने उद्देश्य राखेको छ।

    त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट पारित भइसकेको “तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१” संसदमा प्रस्तुत गर्दै त्यसलाई विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। उक्त विधेयकले नेत्रविज्ञानसम्बन्धी उच्च शिक्षाको प्रवर्द्धनका लागि विशेष विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव गरेको छ।

    यसैबीच, प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा “नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१” माथि संशोधनकर्ताहरूसँग छलफल गरिने कार्यक्रम तय गरिएको छ।

    त्यस्तै, राष्ट्रिय सभाका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिका बैठकहरू पनि आजै बस्दै छन्। विधायन व्यवस्थापन समितिले “जलस्रोत विधेयक, २०८१” मा दफावार छलफल अघि बढाउने छ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले “राष्ट्रिय निकुञ्जसम्बन्धी प्रतिवेदन” माथि छलफल गर्दै पारित गर्ने तयारी गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...