News Portal

  • दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी चेतावनी : विप्लव

    १४१ पटक

    काठमाडौं, साउन ७ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गणतन्त्रभित्र मौलाउँदै गएको दलाल प्रवृत्तिलाई समाप्त गर्नुपर्नेमा जोड दिँदै ती प्रवृत्तिका पात्रहरूलाई “कुन खाल्टोमा हाल्ने हो, हामीलाई थाहा छ” भन्ने चेतावनी दिएका छन्।

    बुधबार राजधानीमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रको नाममा जनतामाथि फेरि धोका दिने काम भइरहेको आरोप लगाए। उनका अनुसार, दलाल पुँजीवादले देशको राजनीति र जनताका आकांक्षालाई बिगारिरहेको छ। “आज गणतन्त्रको बगैँचामा झारपातहरू पलाएका छन्, कुन फूल हो र कुन झार छुट्याउन गाह्रो भएको छ,” विप्लवले भने, “अब यो जिम्मा पुष्पकमल दाहाल र माधव नेपालहरूले लिनुपर्छ। जनताले अलमलमा परेर सुंघिरहेका छन्, अब सत्य र भ्रमको छुट्याइ जरुरी छ।”

    विप्लवले देशमा जेजति समस्या देखिएका छन्, ती सबैको जड दलाल पुँजीवादी गठजोड रहेको बताए। उनले दलाल पुँजीवादका नाइकेहरू क्रान्तिकारी शक्तिहरूको बाटो छेक्ने, बदनाम गर्ने र जनताको बिचबाट टाढा राख्ने खेलमा लागेको उल्लेख गरे। “हामी सबै एकजुट भएर अगाडि बढ्यौं भने दलालहरूलाई ढाल्न सकिन्छ, त्यो सामर्थ्य हाम्रो सामूहिक एकतामा छ,” उनले क्रान्तिकारी शक्तिहरूलाई आह्वान गर्दै भने।

    उनले पुष्पलालको योगदान स्मरण गर्दै सच्चा कम्युनिस्ट विचारधारालाई अगाडि बढाउन दलाल पुँजीवादविरुद्ध निर्णायक संघर्षको आवश्यकता रहेको बताए। उनका अनुसार, आजको चुनौती विचारको होइन, प्रवृत्तिको हो – जुन प्रवृत्ति दलालहरूको संरक्षणमा मौलाउँदै गएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रतुवामाईमा विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १२ – मोरङको रतुवामाई नगरपालिका–३ स्थित पिडारी चोकमा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान...

    जेनजी प्रतिनिधिको जोड– “चुनाव मात्र होइन, सुशासन र पारदर्शिता चाहिन्छ”

    काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल...

    संविधान संशोधन बिना चुनाव अर्थहीनः ज्ञानेन्द्र शाही

    काठमाडौं, कात्तिक १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा...

    दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा

    काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने...

    भारतका विद्युतमन्त्री खट्टरसँग मन्त्री घिसिङको भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

    काठमाडौं, कार्तिक १२ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले...