News Portal

दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी चेतावनी : विप्लव

२६४ पटक

काठमाडौं, साउन ७ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गणतन्त्रभित्र मौलाउँदै गएको दलाल प्रवृत्तिलाई समाप्त गर्नुपर्नेमा जोड दिँदै ती प्रवृत्तिका पात्रहरूलाई “कुन खाल्टोमा हाल्ने हो, हामीलाई थाहा छ” भन्ने चेतावनी दिएका छन्।

बुधबार राजधानीमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रको नाममा जनतामाथि फेरि धोका दिने काम भइरहेको आरोप लगाए। उनका अनुसार, दलाल पुँजीवादले देशको राजनीति र जनताका आकांक्षालाई बिगारिरहेको छ। “आज गणतन्त्रको बगैँचामा झारपातहरू पलाएका छन्, कुन फूल हो र कुन झार छुट्याउन गाह्रो भएको छ,” विप्लवले भने, “अब यो जिम्मा पुष्पकमल दाहाल र माधव नेपालहरूले लिनुपर्छ। जनताले अलमलमा परेर सुंघिरहेका छन्, अब सत्य र भ्रमको छुट्याइ जरुरी छ।”

विप्लवले देशमा जेजति समस्या देखिएका छन्, ती सबैको जड दलाल पुँजीवादी गठजोड रहेको बताए। उनले दलाल पुँजीवादका नाइकेहरू क्रान्तिकारी शक्तिहरूको बाटो छेक्ने, बदनाम गर्ने र जनताको बिचबाट टाढा राख्ने खेलमा लागेको उल्लेख गरे। “हामी सबै एकजुट भएर अगाडि बढ्यौं भने दलालहरूलाई ढाल्न सकिन्छ, त्यो सामर्थ्य हाम्रो सामूहिक एकतामा छ,” उनले क्रान्तिकारी शक्तिहरूलाई आह्वान गर्दै भने।

उनले पुष्पलालको योगदान स्मरण गर्दै सच्चा कम्युनिस्ट विचारधारालाई अगाडि बढाउन दलाल पुँजीवादविरुद्ध निर्णायक संघर्षको आवश्यकता रहेको बताए। उनका अनुसार, आजको चुनौती विचारको होइन, प्रवृत्तिको हो – जुन प्रवृत्ति दलालहरूको संरक्षणमा मौलाउँदै गएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...