News Portal

विद्या भण्डारीको एमाले सदस्यता निष्क्रिय : महासचिव पोखरेलको भनाइ

१८५ पटक

काठमाडौँ, साउन ७ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता अब स्वतः निष्क्रिय भइसकेको बताएका छन्। पार्टी राजनीतिमा फर्कन भण्डारी उपयुक्त पात्र नभएको निष्कर्षसँगै, उनको सदस्यता नवीकरणको विषय पनि स्थगित गरिएको पोखरेलले स्पष्ट पारे।

काठमाडौंस्थित पार्टी कार्यालयमा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, “पार्टी विधानअनुसार यस्तो विषय केन्द्रीय कमिटीले निर्णय गर्नुपर्ने हो। तर उहाँको वर्तमान भूमिका फरक रहेकाले केन्द्रीय कमिटीले उहाँलाई सदस्यतामा समेटिरहन आवश्यक ठानेन।”

पूर्वराष्ट्रपतिलाई पुनः दलको सक्रिय राजनीतिमा समावेश गरिनु नपर्ने निष्कर्ष पार्टीले निकालेको उनको भनाइ थियो। उनले भण्डारीको सन्दर्भलाई सभामुखसँग तुलना गरेर नहेर्न सुझाव पनि दिए।

“संविधानले सभामुखको हकमा प्रतिनिधि सभाको सदस्य रहने व्यवस्था गरेको छ। तर राष्ट्रपति भएपछि भने प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुपर्ने प्रावधान छ,” पोखरेलले प्रस्ट पारे।

यसै भनाइबाट स्पष्ट हुन्छ, पूर्वराष्ट्रपति भण्डारीको नेकपा एमालेसँगको औपचारिक सम्बन्ध अहिलेको अवस्थामा समाप्त भएको छ।

प्रतिकृया दिनुहोस्

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...