News Portal

प्रधानमन्त्री ओलीको भनाइ : “भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्नँ; तर केहीको बानी नै आरोप लगाउनु हो”

२७७ पटक

काठमाडौं, साउन ७ – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक पदमा बसेका कुनै पनि व्यक्ति कानुनी दायराभन्दा बाहिर नपर्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यदि आर्थिक अनियमितता देखिएमा निश्चित रूपमा कानुनी कारबाही गरिने बताएका छन्। तर, उनले सामाजिक सञ्जालमा आउने हल्ला वा फेसबुक स्ट्याटसकै भरमा भने कारबाही नहुने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नहुने र हुन नदिने राष्ट्रिय संकल्पप्रति सरकार दृढ रहेको भन्दै जनविश्वास कायम राख्ने प्रयास भइरहेको बताए। “भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्नँ भन्ने हाम्रो प्रतिबद्धता छ,” प्रधानमन्त्री ओलीले भने, “तर, कतिपय मानिसहरूको बानी नै प्रधानमन्त्रीमाथि आरोप लगाउने बनेको छ।”

उनले पछिल्ला दिनमा केही व्यक्तिहरूले फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्रीमाथि आरोप लगाउने, कहिले पशुपतिमा सुनको सट्टा पित्तल चढायो भन्दै हल्ला चलाउने जस्ता गतिविधिहरू गर्नु फेसन जस्तै बनेको भन्दै त्यसप्रति आफू गम्भीर नभएको टिप्पणी गरे।

“त्यस्ता हल्ला र आरोपप्रति म विशेष चासो दिन्न, किनभने त्यो उनीहरूको ह्याबिट हो,” प्रधानमन्त्री ओलीले भने।

उनले ठोस प्रमाणसहित गम्भीर मुद्दा उठेमा सरकार चुप लागेर नबस्ने र निश्चित रूपमा अनुसन्धान तथा कारबाही अघि बढाउने चेतावनीसमेत दिएका छन्।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...