News Portal

प्रधानमन्त्री ओलीको भनाइ : “भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्नँ; तर केहीको बानी नै आरोप लगाउनु हो”

२२५ पटक

काठमाडौं, साउन ७ – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक पदमा बसेका कुनै पनि व्यक्ति कानुनी दायराभन्दा बाहिर नपर्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यदि आर्थिक अनियमितता देखिएमा निश्चित रूपमा कानुनी कारबाही गरिने बताएका छन्। तर, उनले सामाजिक सञ्जालमा आउने हल्ला वा फेसबुक स्ट्याटसकै भरमा भने कारबाही नहुने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नहुने र हुन नदिने राष्ट्रिय संकल्पप्रति सरकार दृढ रहेको भन्दै जनविश्वास कायम राख्ने प्रयास भइरहेको बताए। “भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्नँ भन्ने हाम्रो प्रतिबद्धता छ,” प्रधानमन्त्री ओलीले भने, “तर, कतिपय मानिसहरूको बानी नै प्रधानमन्त्रीमाथि आरोप लगाउने बनेको छ।”

उनले पछिल्ला दिनमा केही व्यक्तिहरूले फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्रीमाथि आरोप लगाउने, कहिले पशुपतिमा सुनको सट्टा पित्तल चढायो भन्दै हल्ला चलाउने जस्ता गतिविधिहरू गर्नु फेसन जस्तै बनेको भन्दै त्यसप्रति आफू गम्भीर नभएको टिप्पणी गरे।

“त्यस्ता हल्ला र आरोपप्रति म विशेष चासो दिन्न, किनभने त्यो उनीहरूको ह्याबिट हो,” प्रधानमन्त्री ओलीले भने।

उनले ठोस प्रमाणसहित गम्भीर मुद्दा उठेमा सरकार चुप लागेर नबस्ने र निश्चित रूपमा अनुसन्धान तथा कारबाही अघि बढाउने चेतावनीसमेत दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...