News Portal

निर्वाचन आयोगको राप्रपालाई पत्र : पाँच नेतामाथिको कारबाही प्रकरणमा जवाफ माग

२४१ पटक

काठमाडौं, साउन ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको बढ्दो आन्तरिक असन्तोषले राजनीतिक तापक्रम चुलिएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो केही समययता एकपछि अर्को नेतामाथि गरेको कारबाहीले विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले राप्रपालाई आधिकारिक पत्र पठाउँदै स्पष्टिकरण मागेको छ।

आयोगका अनुसार, पार्टीका पाँच जना वरिष्ठ नेताहरू—नवराज सुवेदी, सगुनसुन्दर लावती, मुकुन्द श्याम गिरी, डा. धवलशम्शेर राणा र धनशुर शाहीले आफूहरूमाथि पार्टी विधानविपरीत कारबाही गरिएको गुनासोसहित आयोगमा निवेदन दिएका थिए। निवेदन प्राप्त भएपछि आयोगले उक्त विषयमा पार्टीसँग लिखित जवाफ मागेको प्रवक्ता सीता पोखरेलले जानकारी दिइन्।

उनका अनुसार, आयोगले पाँच जनाको लिखित उजुरी आएपछि विषय गम्भीर भएकाले राप्रपालाई पत्राचार गरेर कारण स्पष्ट गर्न भनेको हो।

यता, राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले पनि निर्वाचन आयोगबाट पत्र आएको पुष्टि गरेका छन्। यद्यपि उनले पत्रको सम्पूर्ण विवरण आफूले पढ्न नपुगेको प्रतिक्रिया दिएका छन्।

लिङ्देन नेतृत्वले अनुशासन र संगठन सुदृढीकरणको नाममा पदमुक्त गरेका नेताहरू भने कारबाही प्रक्रियामा निष्पक्षता नदेखिएको आरोप लगाउँदै आयोगसम्म पुगेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...