News Portal

निर्वाचन आयोगको राप्रपालाई पत्र : पाँच नेतामाथिको कारबाही प्रकरणमा जवाफ माग

१७२ पटक

काठमाडौं, साउन ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको बढ्दो आन्तरिक असन्तोषले राजनीतिक तापक्रम चुलिएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो केही समययता एकपछि अर्को नेतामाथि गरेको कारबाहीले विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले राप्रपालाई आधिकारिक पत्र पठाउँदै स्पष्टिकरण मागेको छ।

आयोगका अनुसार, पार्टीका पाँच जना वरिष्ठ नेताहरू—नवराज सुवेदी, सगुनसुन्दर लावती, मुकुन्द श्याम गिरी, डा. धवलशम्शेर राणा र धनशुर शाहीले आफूहरूमाथि पार्टी विधानविपरीत कारबाही गरिएको गुनासोसहित आयोगमा निवेदन दिएका थिए। निवेदन प्राप्त भएपछि आयोगले उक्त विषयमा पार्टीसँग लिखित जवाफ मागेको प्रवक्ता सीता पोखरेलले जानकारी दिइन्।

उनका अनुसार, आयोगले पाँच जनाको लिखित उजुरी आएपछि विषय गम्भीर भएकाले राप्रपालाई पत्राचार गरेर कारण स्पष्ट गर्न भनेको हो।

यता, राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले पनि निर्वाचन आयोगबाट पत्र आएको पुष्टि गरेका छन्। यद्यपि उनले पत्रको सम्पूर्ण विवरण आफूले पढ्न नपुगेको प्रतिक्रिया दिएका छन्।

लिङ्देन नेतृत्वले अनुशासन र संगठन सुदृढीकरणको नाममा पदमुक्त गरेका नेताहरू भने कारबाही प्रक्रियामा निष्पक्षता नदेखिएको आरोप लगाउँदै आयोगसम्म पुगेका छन्।

प्रतिकृया दिनुहोस्

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाका लागि भुजुङ हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं, पुष ३ – भुजुङ हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ।...