News Portal

बाढीले बगायो ताप्लेजुङको बेलिब्रिज, अरुण नदी आसपास सतर्कता अपनाउन प्रशासनको अनुरोध

१६४ पटक

ताप्लेजुङ, साउन ७ – ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–५ र ६ लाई जोड्ने रानी पुलस्थित बेलिब्रिज बाढीले बगाएको छ। केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षाका कारण हेल्लोक र सिम्बुवा खोलामा एक्कासी पानीको बहाव बढ्दा पुल पूर्ण रूपमा बगिएको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए।

बेलिब्रिज बगेसँगै सो क्षेत्रको यातायात पूर्ण रूपमा अवरुद्ध बनेको छ। अहिले स्थानीय बासिन्दाहरू दैनिक ओहोरदोहोरमा कठिनाइ भोगिरहेका छन्। करिब चार वर्षअघि रेमिट हाइड्रोपावर कम्पनीले निर्माण गरेको यो पुल स्थानीय आवागमनको मुख्य माध्यम थियो।

बाढीका कारण तमोर नदीको बहावसमेत उच्च भएको जनाइएको छ। यसै सन्दर्भमा सङ्खुवासभा जिल्लाको प्रशासनले बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै अरुण नदी आसपासका बस्तीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी दिव्यराज पोदरेलका अनुसार पछिल्लो तीन घण्टाको अवधिमा मकालु गाउँपालिकास्थित नुम वर्षामापन केन्द्रमा अत्यधिक पानी मापन गरिएको छ। यसबाट अरुण नदीसहित अन्य खोलानालामा आकस्मिक बहाव आउन सक्ने जोखिम रहेको भन्दै तटीय क्षेत्रमा सचेत रहन अनुरोध गरिएको हो।

भारी वर्षाले कमजोर र भिरालो भूभागमा पहिरोको सम्भावना उच्च भएको जनाउँदै प्रशासनले साना खोलाहरूमा समेत आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ।

यता मौसम पूर्वानुमान महाशाखाले पनि आगामी दिनहरूमा अझै भारी वर्षा हुन सक्ने अनुमान गर्दै पूर्वतयारीसहित सर्तकता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रशासन, स्थानीय तह र सुरक्षा निकायहरू आपतकालीन अवस्थाको तयारीमा रहेका छन्। नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...