News Portal

बाढीले बगायो ताप्लेजुङको बेलिब्रिज, अरुण नदी आसपास सतर्कता अपनाउन प्रशासनको अनुरोध

२१० पटक

ताप्लेजुङ, साउन ७ – ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–५ र ६ लाई जोड्ने रानी पुलस्थित बेलिब्रिज बाढीले बगाएको छ। केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षाका कारण हेल्लोक र सिम्बुवा खोलामा एक्कासी पानीको बहाव बढ्दा पुल पूर्ण रूपमा बगिएको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए।

बेलिब्रिज बगेसँगै सो क्षेत्रको यातायात पूर्ण रूपमा अवरुद्ध बनेको छ। अहिले स्थानीय बासिन्दाहरू दैनिक ओहोरदोहोरमा कठिनाइ भोगिरहेका छन्। करिब चार वर्षअघि रेमिट हाइड्रोपावर कम्पनीले निर्माण गरेको यो पुल स्थानीय आवागमनको मुख्य माध्यम थियो।

बाढीका कारण तमोर नदीको बहावसमेत उच्च भएको जनाइएको छ। यसै सन्दर्भमा सङ्खुवासभा जिल्लाको प्रशासनले बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै अरुण नदी आसपासका बस्तीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी दिव्यराज पोदरेलका अनुसार पछिल्लो तीन घण्टाको अवधिमा मकालु गाउँपालिकास्थित नुम वर्षामापन केन्द्रमा अत्यधिक पानी मापन गरिएको छ। यसबाट अरुण नदीसहित अन्य खोलानालामा आकस्मिक बहाव आउन सक्ने जोखिम रहेको भन्दै तटीय क्षेत्रमा सचेत रहन अनुरोध गरिएको हो।

भारी वर्षाले कमजोर र भिरालो भूभागमा पहिरोको सम्भावना उच्च भएको जनाउँदै प्रशासनले साना खोलाहरूमा समेत आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ।

यता मौसम पूर्वानुमान महाशाखाले पनि आगामी दिनहरूमा अझै भारी वर्षा हुन सक्ने अनुमान गर्दै पूर्वतयारीसहित सर्तकता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रशासन, स्थानीय तह र सुरक्षा निकायहरू आपतकालीन अवस्थाको तयारीमा रहेका छन्। नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...