News Portal

  • सभामुखको पहलमा संसद् गतिरोध अन्त्यको प्रयास, भिजिट भिसा प्रकरणमा रास्वपा–राप्रपासँग विशेष छलफल

    १६० पटक

    काठमाडौं, साउन ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि संसद् अवरुद्ध भइरहेका बेला सभामुख देवराज घिमिरेले मंगलबार विपक्षी दल रास्वपा र राप्रपाका शीर्ष नेताहरूसँग विशेष छलफल गरेका छन्। संसद् सञ्चालनमा देखिएको अवरोध हटाउन सभामुखले सरकार र विपक्षीबीच संवादको आवश्यकता औंल्याउँदै सन्तुलनको भूमिका निर्वाह गरेका छन्।

    छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, रास्वपाका कार्यवाहक सभापति डा. डीपी अर्याल र राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ सहभागी थिए। सभामुख घिमिरेले दुवै दल निरन्तर संसदीय प्रक्रियामा सहभागी नभएकोप्रति चिन्ता व्यक्त गर्दै यस्तो अवस्था संसद् सञ्चालनका लागि गम्भीर चुनौती बनेको बताए।

    “संसद् सञ्चालन गर्नु मेरो कर्तव्य हो, तर संवादविनाको अवस्था अप्ठ्यारो बनिरहेको छ,” सभामुख घिमिरेले छलफलका क्रममा भने, “सरकारले आगामी आर्थिक वर्षका लागि १२१ वटा विधेयक संसद्मा प्रस्तुत गर्ने योजना बनाएको छ, तर निरन्तर अवरोधले ती विधेयकको भविष्य अन्योलमा परेको छ। सरकार र विपक्षी दलहरू दुबै जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्छ।”

    सभामुखले संसद्को नियमितता कायम गर्न दलहरूलाई राजनीतिक मतभेदलाई संसदीय प्रक्रियामा बाधा नबनाउन समेत आग्रह गरे।

    यता, कानुनमन्त्री चौरसियाले भिजिट भिसा प्रकरणबारे सरकार गम्भीर रहेको जनाउँदै, छानबिन समिति गठन गरेर काम अघि बढाइसकेको बताए। “सरकारले विपक्षी दलहरूको कुरा बेवास्ता गर्न खोजेको होइन, छलफल चलिरहेको छ। सहमतिको बिन्दुमा पुग्न सबै पक्ष लचिलो हुनुपर्छ,” मन्त्री चौरसियाको भनाइ थियो।

    तर, रास्वपाका नेता डा. अर्याल भने सरकार गम्भीर विषयहरू छाडेर गैरजिम्मेवार व्यवहारमा उत्रिएको आरोप लगाउँछन्। “हामीले उठाएका प्रश्नहरू देश र जनतासँग प्रत्यक्ष सरोकार राख्छन्, तर सरकारले ती मुद्दा सम्बोधन गर्नुपर्ने ठाउँमा संवाद टारिरहेको छ,” उनले गुनासो गरे।

    राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले पनि वैरागी नेतृत्वको छानबिन समितिले के काम गरिरहेको छ भन्नेबारे संसद्लाई अझै जानकारी नदिएकोप्रति आपत्ति जनाए।

    संसद्को निरन्तर अवरोधले विधायी प्रक्रिया अवरुद्ध हुँदा विकास, नीति तथा कानुनी क्षेत्र प्रभावित भइरहेको भन्दै सभामुखले सबै दललाई साझा जिम्मेवारी बोध गर्न आह्वान गरेका छन्। अबको बाटो संवाद, समन्वय र सहकार्यमै रहेको स्पष्ट सन्देश दिन सभामुख घिमिरे अग्रसर देखिएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...

    नेकपा एसमा विभाजनको संकेत, झलनाथ–घनश्याम समूहभित्रै एमाले फर्किने र नयाँ पार्टी बनाउने मतभेद

    काठमाडौं, कार्तिक १६ — नेकपा (एकीकृत समाजवादी) पार्टीमा झलनाथ खनाल र घनश्याम भुसाल नजिकका नेताबीच...