News Portal

भण्डारीको चेतावनी : “म पछि हट्दिनँ, कार्यकर्तालाई आतङ्कित पार्ने प्रवृत्ति बन्द गरियोस्”

२०७ पटक

काठमाडौं, साउन ६ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्या भण्डारीले सक्रिय राजनीतिमा पुनः पूर्ण रूपमा फर्किएको स्पष्ट सन्देश दिँदै, पार्टीभित्र चलिरहेको दमन, त्रास र आन्तरिक षड्यन्त्रको विरुद्ध कडा चेतावनी दिएकी छन्।

भंगालस्थित निवासमा सोमबार पत्रकारहरूसँग संक्षिप्त संवाद गर्दै उनले महाधिवेशन नगरिकनै नेतृत्व परिवर्तनको बहस अघि सारेर कार्यकर्ताबीच भ्रम र द्वन्द्व सिर्जना गर्ने प्रयासप्रति आक्रोश व्यक्त गरिन्। “म पछि हट्नेवाला छैन,” भण्डारीको स्पष्ट भनाइ थियो, “पार्टीभित्र कार्यकर्तामाथि त्रासको वातावरण बनाउने, बोल्न नदिने र बोल्दा कारवाही गर्ने प्रवृत्ति पूर्णतः अस्वीकार्य छ।”

उनको दाबी अनुसार जिल्लादेखि प्रदेश तहसम्म ग्रुप बनाएर कार्यकर्तालाई चुप लगाउने, तर्साउने र आत्मबल कमजोर पार्ने योजना अघि सारिएको छ। यस्तो प्रवृत्तिले पार्टीको भविष्य अन्धकारतिर धकेल्न सक्छ भन्ने चेतावनी उनले दिइन्।

“राजनीतिक दल भनेकै अनैतिकताको अखडा हो भन्ने सोच गलत हो,” उनले थपिन्, “जब दलमा नैतिकता भएका मानिसहरू आउँछन्, दल नै नैतिक बन्छ।”

पूर्वराष्ट्रपतिले विगतमा कठिन परिस्थितिमा पार्टी र महिला आन्दोलन हुँदै राष्ट्रको सर्वोच्च जिम्मेवारी सम्हालेको स्मरण गराउँदै हाल अनावश्यक विवाद र आलोचना सिर्जना गर्न खोजिएकोप्रति गम्भीर असन्तुष्टि प्रकट गरिन्।

भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीसँग यस विषयमा छलफल पनि भइसकेको जानकारी दिइन्। नयाँ वर्षको सन्देशपछि ओली रिसाएको संकेत गर्दै उनले वर्तमान नेतृत्वसँग असहमति रहेको प्रकट गरिन्।

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...