News Portal

  • नेपाली राजनीतिका मेरुदण्ड बीपीको मेलमिलाप नीति अझै सान्दर्भिक : सभापति देउवा

    १२७ पटक

    काठमाडौं, साउन ६ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिको मूल आधार राष्ट्रनेता बीपी कोइरालाले अगाडि सारेको मेलमिलाप नीतिमा अडिएको बताएका छन्। बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक स्मृतिग्रन्थ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले बीपीको नीति र दर्शन आजको समय सन्दर्भमा अझ सान्दर्भिक र प्रेरणादायी रहेको बताएका हुन्।

    बीपी स्मृति अस्पताल, बीपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा देउवाले भने, “राजनीतिक स्वार्थभन्दा माथि उठेर राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्ध नेपालको परिकल्पनामा बीपीले देखाएको दृष्टिकोण आज पनि मार्गदर्शक छ।”

    उनले बीपी कोइरालालाई केवल राजनीतिज्ञका रूपमा मात्रै नभई, प्रजातान्त्रिक समाजवादका चिन्तक, साहित्यकार र जनभावनाका प्रतिरूपका रूपमा स्मरण गर्दै भने, “नेपाली वाङ्मयमा उनले पुर्‍याएको योगदानले हामी सबैलाई गर्व गर्न लायक बनाएको छ।”

    त्यस अवसरमा उनले भारत निर्वासनमा रहेर पञ्चायती निरंकुशताविरुद्धको संघर्षलाई निरन्तरता दिँदै बीपीले आठवटा ज्यान मुद्दा टारी देश फर्किएको प्रसंगलाई स्मरण गरे। उनले स्पष्ट रूपमा भने, “बीपी कोइरालाको त्याग, साहस र राष्ट्रियताप्रतिको प्रतिबद्धताका कारण कांग्रेस आज यो स्थानमा आइपुगेको हो।”

    कार्यक्रममा अन्य नेताहरूले समेत बीपी कोइरालाको विचार, आदर्श र लोकतान्त्रिक मूल्यहरूलाई समकालीन राजनीतिक अभ्यासमा आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १३ गतेको राशिफल

    आज कार्तिक १३, २०८२ (अक्टोबर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    रतुवामाईमा विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १२ – मोरङको रतुवामाई नगरपालिका–३ स्थित पिडारी चोकमा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान...

    जेनजी प्रतिनिधिको जोड– “चुनाव मात्र होइन, सुशासन र पारदर्शिता चाहिन्छ”

    काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल...

    संविधान संशोधन बिना चुनाव अर्थहीनः ज्ञानेन्द्र शाही

    काठमाडौं, कात्तिक १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा...

    दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा

    काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने...