News Portal

नेपाली राजनीतिका मेरुदण्ड बीपीको मेलमिलाप नीति अझै सान्दर्भिक : सभापति देउवा

२५३ पटक

काठमाडौं, साउन ६ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिको मूल आधार राष्ट्रनेता बीपी कोइरालाले अगाडि सारेको मेलमिलाप नीतिमा अडिएको बताएका छन्। बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक स्मृतिग्रन्थ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले बीपीको नीति र दर्शन आजको समय सन्दर्भमा अझ सान्दर्भिक र प्रेरणादायी रहेको बताएका हुन्।

बीपी स्मृति अस्पताल, बीपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा देउवाले भने, “राजनीतिक स्वार्थभन्दा माथि उठेर राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्ध नेपालको परिकल्पनामा बीपीले देखाएको दृष्टिकोण आज पनि मार्गदर्शक छ।”

उनले बीपी कोइरालालाई केवल राजनीतिज्ञका रूपमा मात्रै नभई, प्रजातान्त्रिक समाजवादका चिन्तक, साहित्यकार र जनभावनाका प्रतिरूपका रूपमा स्मरण गर्दै भने, “नेपाली वाङ्मयमा उनले पुर्‍याएको योगदानले हामी सबैलाई गर्व गर्न लायक बनाएको छ।”

त्यस अवसरमा उनले भारत निर्वासनमा रहेर पञ्चायती निरंकुशताविरुद्धको संघर्षलाई निरन्तरता दिँदै बीपीले आठवटा ज्यान मुद्दा टारी देश फर्किएको प्रसंगलाई स्मरण गरे। उनले स्पष्ट रूपमा भने, “बीपी कोइरालाको त्याग, साहस र राष्ट्रियताप्रतिको प्रतिबद्धताका कारण कांग्रेस आज यो स्थानमा आइपुगेको हो।”

कार्यक्रममा अन्य नेताहरूले समेत बीपी कोइरालाको विचार, आदर्श र लोकतान्त्रिक मूल्यहरूलाई समकालीन राजनीतिक अभ्यासमा आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...