News Portal

प्रधानमन्त्री ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता, विकास सहकार्य र ‘एक चीन नीति’लाई लिएर गहिरो छलफल

१५६ पटक

काठमाडौं, साउन ६ – मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटमा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा गहिरो विचारविमर्श भएको थियो। प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको मित्रवत् सम्बन्ध लामो समयदेखि विश्वास, सम्मान र सहयोगमा आधारित रहेको उल्लेख गर्दै नेपाल एक–चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको कुरा पुनः दोहोर्याए।

उहाँले हालैको आकस्मिक बाढीका कारण क्षतिग्रस्त रसुवागढी नाकामा चीनले देखाएको प्राथमिकतापूर्ण सहयोगप्रति आभार प्रकट गर्नुभयो। साथै, नेपाललाई भू–परिवेष्टित राष्ट्रबाट भू–जडित राष्ट्रमा रूपान्तरण गर्ने अभियानमा किमाथांका लगायत अन्य नाकाहरूको सञ्चालन र ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई) अन्तर्गतका परियोजनाहरूलाई अवरोधरहित रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

उक्त अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा नेपालका लागि चिनियाँ राजदूत चेन सोङको पनि उपस्थिति रहेको थियो।

यसअघि सोमबार सिड्का प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी विकास साझेदारी, हाल सञ्चालनमा रहेका तथा भविष्यमा सञ्चालन हुने परियोजनाहरूबारे छलफल गरेको थियो। सोही दिन चार वटा परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षरसमेत भएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...