News Portal

२१ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२७१ पटक

रविन्द्र बराल/ भोजपुर, साउन ५ – जरायोटार–४ निवासी ३६ वर्षीय पर्शुराम बिकलाई कर्तव्य ज्यान मुद्दामा फरार रहेका शम्सेर बहादुर तामाङलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।

प्रहरीका अनुसार तामाङ केही दिनदेखि गाउँघरमै लुकिछिपि बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

पुनरावेदन अदालत धनकुटाले २०६९ साल असार १७ गतेको फैसलामार्फत उनलाई २ वर्ष कैद सजाय सुनाएको थियो। फैसला भएपछिको लामो समयदेखि फरार रहेका तामाङलाई प्रहरीले पक्राउ गरी संखुवासभा जिल्ला अदालत, चैनपुरमा पेश गरेको हो।

अदालतको आदेश अनुसार उनलाई असोज ५ गते कैद भुक्तानको लागि संखुवासभा, खाँदबारीस्थित कारागार पठाइएको सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक राम कुमार लामिछानेले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...