News Portal

ओलीको आग्रह : ‘विभाजनकारी तत्वबाट पार्टीलाई जोगाउँदै मिसन ०८४ मा अगाडि बढ्न एकजुट हुनुपर्छ’

३२२ पटक

काठमाडौं, साउन ५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गर्दै, विभाजनको प्रयास गर्ने तत्वहरूप्रति सर्तक रहन कार्यकर्ताहरूलाई कडा सन्देश दिएका छन्। च्यासलस्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले एकताबद्ध भएर आगामी निर्वाचन केन्द्रित मिसन ०८४ तर्फ अग्रसर हुनुपर्ने स्पष्ट निर्देशन दिएका हुन्।

ओलीको भनाइ उद्धृत गर्दै पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, “पार्टीलाई तोडफोड गर्ने तत्वहरू अझै सक्रिय छन्। तिनको षड्यन्त्रबाट पार्टीलाई जोगाउन अब सबै कार्यकर्ताले एकढिक्का भएर अघि बढ्नु अनिवार्य छ।” अध्यक्ष ओलीले बैठकमा सहभागी सबै नेताहरूलाई आफ्नो विचार स्पष्ट रुपमा राख्न पनि निर्देशन दिएका छन्।

बैठकमा ओलीले हालसम्म एमालेको संगठनात्मक बल उल्लेखनीय रूपमा बढेको दाबी गर्दै भने, “हाम्रो सदस्य संख्या १ लाख ३९ हजारले बढेको छ, जुन २८ प्रतिशतको वृद्धि हो। यो उपलब्धिले पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा स्थापित गर्ने आधार तयार पारेको छ।”

ओलीले पार्टीभित्र वैचारिक र नीतिगत रूपमा स्पष्ट एकता रहेको उल्लेख गर्दै केही तत्वहरूले बाहिरबाट विवाद र भ्रम सिर्जना गर्न खोजिरहेको बताएका छन्। “हाम्रा विरोधीहरू विचार र काममा प्रतिस्पर्धा गर्न सक्दैनन्। उनीहरू झुटको सहारा लिएर गोयबल्स शैलीमा प्रचार गर्छन् र एमालेलाई कमजोर देखाउन चाहन्छन्,” गौतममार्फत ओलीले बताए, “यस्ता झुटा आरोपको हामीले अघिदेखि नै प्रतिकार गर्दै आएका छौं, अहिले पनि त्यही तत्परतासाथ सामना गर्छौं।”

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन् भने महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। यस्तै, आसन्न विधान महाधिवेशनको व्यवस्थापनसम्बन्धी विषयमा समेत विस्तृत छलफल हुने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...