News Portal

अक्टोबरमा ‘एनआरएन लगानी सम्मेलन’ गरिने

३१२ पटक

काठमाडौँ, साउन ५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अक्टोबरमा काठमाडौँमा एनआरएन लगानी सम्मेलन (एनआरएन इन्भेस्टमेन्ट समिट) आयोजना गर्ने भएको छ।

एनआरएनए आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा हालै सम्पन्न पाँचौँ बैठकले एनआरएन दिवसको अवसर पारेर काठमाडौँमा अक्टोबर ११ र १२, २०२५ (असोज २५–२६, २०८२) मा सम्मेलन गर्ने निर्णय गरेको महासचिव बाबुराम (बी.आर.) लामाले जानकारी दिएका छन्। नेपाल सरकारका विभिन्न निकायहरू तथा निजी क्षेत्रका प्रमुख संस्थाहरूको सहकार्यमा उक्त सम्मेलन आयोजना गरिने संघले जनाएको छ।

महासचिव लामाका अनुसार, सम्मेलनले नेपालको आर्थिक समृद्धिको लक्ष्यमा योगदान पुर्‍याउनुका साथै गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानीको वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

त्यसैगरी, अक्टोबर ११ तारिखकै दिन म्याराथन पनि आयोजना गरिनेछ र त्यसका लागि संघका उपाध्यक्ष मनोज श्रेष्ठलाई संयोजक तोक्ने निर्णय गरिएको छ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले अध्यक्ष श्रेष्ठको अगस्टमा हुने युरोप भ्रमण स्वीकृत गरेको छ। अगस्टमै युरोप स्तरीय क्षेत्रीय सम्मेलन आयोजना गर्ने निर्णय पनि गरिएको छ। सम्मेलनको मिति तथा स्थान छिट्टै सार्वजनिक गरिनेछ, संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिएका छन्।

त्यस्तै, सेप्टेम्बरमा संघले विशेष साधारणसभा गर्ने निर्णय गरेको छ। युएईमा सेप्टेम्बर २१ मा साधारणसभा आयोजना गरिनेछ र विधानमा देखिएका वर्तमान बाधाहरू फुकाउने तयारी गरिएको छ, संघले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...