News Portal

  • अक्टोबरमा ‘एनआरएन लगानी सम्मेलन’ गरिने

    २११ पटक

    काठमाडौँ, साउन ५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अक्टोबरमा काठमाडौँमा एनआरएन लगानी सम्मेलन (एनआरएन इन्भेस्टमेन्ट समिट) आयोजना गर्ने भएको छ।

    एनआरएनए आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा हालै सम्पन्न पाँचौँ बैठकले एनआरएन दिवसको अवसर पारेर काठमाडौँमा अक्टोबर ११ र १२, २०२५ (असोज २५–२६, २०८२) मा सम्मेलन गर्ने निर्णय गरेको महासचिव बाबुराम (बी.आर.) लामाले जानकारी दिएका छन्। नेपाल सरकारका विभिन्न निकायहरू तथा निजी क्षेत्रका प्रमुख संस्थाहरूको सहकार्यमा उक्त सम्मेलन आयोजना गरिने संघले जनाएको छ।

    महासचिव लामाका अनुसार, सम्मेलनले नेपालको आर्थिक समृद्धिको लक्ष्यमा योगदान पुर्‍याउनुका साथै गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानीको वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

    त्यसैगरी, अक्टोबर ११ तारिखकै दिन म्याराथन पनि आयोजना गरिनेछ र त्यसका लागि संघका उपाध्यक्ष मनोज श्रेष्ठलाई संयोजक तोक्ने निर्णय गरिएको छ।

    अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले अध्यक्ष श्रेष्ठको अगस्टमा हुने युरोप भ्रमण स्वीकृत गरेको छ। अगस्टमै युरोप स्तरीय क्षेत्रीय सम्मेलन आयोजना गर्ने निर्णय पनि गरिएको छ। सम्मेलनको मिति तथा स्थान छिट्टै सार्वजनिक गरिनेछ, संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिएका छन्।

    त्यस्तै, सेप्टेम्बरमा संघले विशेष साधारणसभा गर्ने निर्णय गरेको छ। युएईमा सेप्टेम्बर २१ मा साधारणसभा आयोजना गरिनेछ र विधानमा देखिएका वर्तमान बाधाहरू फुकाउने तयारी गरिएको छ, संघले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...