News Portal

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध, विभागद्वारा वैकल्पिक व्यवस्था अपनाइँदै

२६२ पटक

काठमाडौं, साउन ५ – राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागअन्तर्गत प्रदान गरिँदै आएको अनलाइन सेवा अस्थायी रूपमा अवरुद्ध भएको छ। विभागले सूचना प्रकाशित गर्दै राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत तथा क्षमता विस्तारका कार्य भइरहेकाले सेवा आंशिक रूपमा रोकिएको जानकारी दिएको हो।

विभागका सूचना अधिकारी शिवराज सेढाईंका अनुसार हालका लागि अनलाइन प्रणालीमार्फत प्रदान हुँदै आएका विभिन्न सेवा—जस्तै: राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा कार्ड वितरण, विवरण सच्याउने, जन्मदर्ताको क्रममा परिचय नम्बर प्राप्त गर्ने, सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रमाणीकरण, तथा अन्य निकायसँग प्रणालीको अन्तरसम्बन्धबाट प्रदान गरिने सेवाहरू सबै अवरुद्ध भएका छन्।

तर सेवा पूर्ण रूपमा बन्द छैन। विभागले वैकल्पिक रूपमा अफलाइन सेवा जारी राख्ने निर्णय गरेको छ। अर्थात्, परिचयपत्र विवरण सङ्कलन र वितरणको प्रक्रिया फिल्ड इकाइहरूमा हातैले (म्यानुअल रूपमा) सञ्चालन हुनेछ। सेवा सुचारु भएसँगै, अनलाइनबाट विवरण दर्ता गराएका सेवाग्राहीलाई राष्ट्रिय परिचय नम्बर एसएमएसमार्फत उपलब्ध गराइने विभागले जनाएको छ।

आइतबारदेखि सेवा अवरुद्ध भएपछि आम नागरिकमा अन्योल पैदा भएको भए पनि विभागले स्पष्ट सूचना जारी गर्दै मर्मत प्रक्रिया सकिनेबित्तिकै सेवा नियमित हुने आश्वासन दिएको छ। साथै, सबै सेवा इकाइहरूलाई वैकल्पिक सेवा सञ्चालनको समन्वयका लागि आवश्यक निर्देशन दिइसकिएको जानकारी पनि प्राप्त भएको छ।

विभागले सम्पूर्ण सेवाग्राही तथा सरोकारवालासँग सहकार्य र धैर्यताको आग्रह गर्दै सेवा सुचारु भएसँगै पुनः जानकारी दिने बताएको छ।

 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...