News Portal

२० वर्षको कोमापछि साउदीका ‘स्लिपिङ प्रिन्स’ अल वालिदको निधन

३७३ पटक

जेद्दाह, साउन ४ – साउदी शाही परिवारका एक प्रभावशाली सदस्य, राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको २० वर्ष लामो जीवन-मृत्युको सङ्घर्ष अन्त्य भएको छ। सन् २००५ मा लन्डनमा भएको एक कार दुर्घटनापछि कोमामा पुगेका ‘स्लिपिङ प्रिन्स’ को अन्ततः जुलाई १९ तारिखका दिन निधन भएको साउदी शाही स्रोतले पुष्टि गरेको छ।

केवल १५ वर्षको उमेरमा बेलायतको सैन्य एकेडेमीमा अध्ययनरत अवस्थामा दुर्घटनामा परेका राजकुमार अल वालिदको बचाउन साउदी अरब, अमेरिका र स्पेनका ख्यातिप्राप्त चिकित्सकहरूको टोलीले लामो समयसम्म उपचारको प्रयास जारी राख्यो। कोरान पाठ गर्दा शरीरको सानो प्रतिक्रिया, आँखाको हलचल लगायतका संकेतहरूले कहिलेकाहीँ उनको चेतनामा फर्किने सम्भावनालाई जगाइरहन्थ्यो। तर त्यो आशा अन्ततः असफल रह्यो।

उनका पिता, राजकुमार खालिद बिन तलाल, कहिल्यै आशावादी भावना गुमाएनन्। चिकित्सकहरूले बारम्बार भेन्टिलेटर हटाउने सल्लाह दिए पनि उनले छोराको जीवनप्रति दृढ विश्वास राख्दै त्यसलाई अस्वीकार गरे। वर्षौंसम्म छोराको सिरानीमा बसेर उनले प्रार्थना गरे, कुरानको पाठ गरे तर दुर्भाग्यवश जीवन फर्किएन।

शाही परिवारका सदस्यमात्र नभई जनमानसमा पनि लोकप्रिय रहेका राजकुमार अल वालिदको निधनले साउदी समाजमा शोकको लहर छाएको छ। सामाजिक सञ्जालमा हजारौँ शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गर्दै ‘स्लिपिङ प्रिन्स’ को सम्झनामा भावपूर्ण सन्देशहरू लेखिरहेका छन्।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...