News Portal

एकजना प्रहरीको गलत क्रियाकलापले संगठनकै छवी ध्वस्त : महानिरिक्षक खनाल

हिमाली संचार संवाददाता
७७४ पटक

हरिहरसिंह राठौर
गजुरी,धादिङ : विगत २० वर्ष देखि भाडामा वस्दै आएको गजुरी स्थित जिल्ला ट्राफिक प्रहरी आफनै नयाँ भवनमा सरेको छ । विसं २०५४ मा आफु कार्यरत रहंदा भाडामा लिएर वसेको संझदै नवनिर्मित भवन उद्घाटन गर्न आएका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले ‘‘नेपालमा अत्यधिक दुर्घटना भैरहने यस राजमार्गमा रहेको ट्राफिक प्रहरीलाई साधन सम्पन्न वनाएर दुर्घटना न्युनीकरण गरिनेमा’ जोड दिए ।

’एकजना प्रहरीको गलत क्रियाकलापले पुरै संगठनकै छवी ध्वस्त हुने भएकोले नेपाल प्रहरीलाई हरेक पाईलामा चुनौती पार गर्नुपर्ने अवस्था आएको ’प्रहरी प्रमुख खनालले वताए ।

नेपालमा ८६ किमी लामो राजमार्ग क्षेत्र रहेको धादिङमा दिनहुं जसो दुर्घटना र पटक पटक राजमार्ग अवरुद्धका घटनाहरु हुने गरेका छन् । कुनैपनि घटनाको अन्तिम विकल्प सडक बन्द गर्नु नभएकाले राजमार्ग जस्तो संवेदनशिल क्षेत्रमा अवरोध नगर्न स्थानीयहरुलाइ आग्रह समेत गरे ।

राजधानी भित्रिने देश भरकै ७० जिल्लाका दैनिक १५ हजार सवारी साधनहरु सवारी साधनहरु आवतजावत गर्ने अति व्यस्त राजमार्ग पृथ्वीराजमार्गनै हो । राजमार्गको गजरी वजारमा रहेको जिल्ला ट्राफिक कार्यालय सिमित श्रोत साधनमा हाल सम्म भाडामा वस्दै आएको थियो । ‘ जिल्लामा ३२ जना ट्राफिक दरवन्दी भएर ९ स्थानमा पोष्ट खडा गरि दैनिक क्रियाकलाप संचालन गरि रहेको’ जिल्ला प्रहरी प्रमुख डम्वरवहादुर विकले जिल्लालाई दोव्वर दरवन्दीको आवस्यकता रहेको वताए ।

विनाशकारी भुकम्प पछि राष्ट्रिय पुननिर्माण प्राधिकरण कोषको १ करोड ६६ लाख २१ हजार ४ सय १८ रुपैयाको लागतमा ट्राफिक प्रहरीको भवन बनेको हो । नया“ भवनबाट कार्यालय संचालन हुन थालेपछि सेवा प्रवाह र दुर्घटना न्युनीकरणमा पनि थप सहजता आउने जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक हेमराज घिमिरेले वताए । कान्तिपुर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...