News Portal

ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

४२८ पटक

काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र ऊर्जा क्षेत्रमा सुधारको नयाँ युग सुरु गरेका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने भएको छ।

अमेरिकाको न्यूयोर्क सहरमा आउँदो जुलाई २७ तारिखमा आयोजना हुने एक विशेष समारोहमा उनीहरूलाई सो अवार्ड प्रदान गरिने आयोजक संस्था ‘ग्लोबल नेपाली’ ले जनाएको छ। विश्वभर छरिएका नेपालीहरूको पहलमा हरेक वर्ष प्रदान गरिँदै आएको यो अवार्डले समाजमा विशेष योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गर्ने परम्परा स्थापित गर्दै आएको छ।

समाजमा सशक्त परिवर्तनका पक्षधर ज्ञानेन्द्र शाहीको सामाजिक सेवामा सक्रियता र कुलमान घिसिङको विद्युतीय सुधारमार्फत जनजीवनमा ल्याएको प्रभावलाई आधार मानेर यस वर्ष उनीहरूलाई छनोट गरिएको आयोजकको भनाइ छ।

अवार्ड समारोहमा अमेरिका मात्र नभई युरोप, अस्ट्रेलिया, खाडी क्षेत्रदेखि दक्षिण कोरिया र जापानसम्मका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अनुमान गरिएको छ।

ग्लोबल नेपाली संस्थाले उनीहरूलाई बधाई दिँदै, “नेपालको साख अन्तर्राष्ट्रिय मञ्चमा मजबुत बनाउने कार्यमा शाही र घिसिङ दुवैजना प्रेरणादायी पात्र हुन्,” भन्ने प्रतिक्रिया दिएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...