News Portal

ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

२७२ पटक

काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र ऊर्जा क्षेत्रमा सुधारको नयाँ युग सुरु गरेका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने भएको छ।

अमेरिकाको न्यूयोर्क सहरमा आउँदो जुलाई २७ तारिखमा आयोजना हुने एक विशेष समारोहमा उनीहरूलाई सो अवार्ड प्रदान गरिने आयोजक संस्था ‘ग्लोबल नेपाली’ ले जनाएको छ। विश्वभर छरिएका नेपालीहरूको पहलमा हरेक वर्ष प्रदान गरिँदै आएको यो अवार्डले समाजमा विशेष योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गर्ने परम्परा स्थापित गर्दै आएको छ।

समाजमा सशक्त परिवर्तनका पक्षधर ज्ञानेन्द्र शाहीको सामाजिक सेवामा सक्रियता र कुलमान घिसिङको विद्युतीय सुधारमार्फत जनजीवनमा ल्याएको प्रभावलाई आधार मानेर यस वर्ष उनीहरूलाई छनोट गरिएको आयोजकको भनाइ छ।

अवार्ड समारोहमा अमेरिका मात्र नभई युरोप, अस्ट्रेलिया, खाडी क्षेत्रदेखि दक्षिण कोरिया र जापानसम्मका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अनुमान गरिएको छ।

ग्लोबल नेपाली संस्थाले उनीहरूलाई बधाई दिँदै, “नेपालको साख अन्तर्राष्ट्रिय मञ्चमा मजबुत बनाउने कार्यमा शाही र घिसिङ दुवैजना प्रेरणादायी पात्र हुन्,” भन्ने प्रतिक्रिया दिएको छ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...