News Portal

  • शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    ५२ पटक

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा मौसमविद्हरूले पूर्वानुमान गरेका छन्। भारतको उत्तरप्रदेश क्षेत्रतर्फ रहेको मनसुनी रेखा क्रमशः नेपालतिर सर्दै ल्याउने प्रभावले देशभर वर्षा तीव्र हुने देखिएको छ।

    जल तथा मौसम विज्ञान विभागका मौसमविद् सन्जिव अधिकारीका अनुसार आज र भोलिको दिनसम्म मौसम सामान्य रहने भए पनि शनिबार रातिदेखि विशेषगरी पूर्वी नेपालबाट भारी वर्षा सुरु हुनेछ। उक्त वर्षा आइतबार र सोमबारसम्म देशभर फैलिनेछ। अधिकारीले भने, “उत्तर प्रदेश क्षेत्रको न्यूनचापीय रेखा नेपालतिर सर्दैछ, जसको असरले व्यापक वर्षा सम्भावित देखिन्छ।”

    यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं मौसमविज्ञ विनोद पोखरेलले पनि शनिबार रातिदेखि पूर्वी नेपालमा भारी वर्षा सुरु हुने र क्रमशः देशभर फैलिने जानकारी दिएका छन्। उनका अनुसार शनिबार दिउँसोसम्म केही स्थानमा हल्कादेखि मध्यम वर्षा भए पनि रातिदेखि स्थिति गम्भीर बन्दै जानेछ।

    यसैबीच जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको मध्यम जोखिम रहेको भन्दै ‘एलो अलर्ट’ जारी गरेको छ। विभागका अनुसार पहाडी तथा तराईका क्षेत्रहरूमा नदीहरूको बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।

    यसअघि बंगालको खाडीबाट सुरु भएको अर्को न्यूनचापीय प्रणाली भारतको उडिसा हुँदै नेपालतर्फ आइरहेको थियो, जसको प्रभाव केही समय मधेशका जिल्लामा परेको भए पनि त्यसले खासै वर्षा गराउन सकेन। नयाँ प्रणाली भने अधिक प्रभावशाली हुने अनुमान गरिएको छ।

    “हिजोआजको वर्षा केही हदसम्म मध्य र पश्चिम नेपालमा देखिएको हो, तर त्यो प्रणाली नजिक नआएकाले गहिरो प्रभाव परेको थिएन,” मौसमविद् अधिकारीले थपे, “अबको प्रणाली पूर्वतिर सक्रिय हुँदै उच्च सम्भावनामा पुगेको छ।”

    देशका विभिन्न भूभागमा भारी वर्षाको चेतावनीसहित विभागले जनजीवनमा असर पर्न सक्ने, सवारी आवागमन अवरुद्ध हुने, बाढी, पहिरो जस्ता सम्भावित प्राकृतिक प्रकोपहरूसमेत आउन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

    काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र...

    शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा...

    आलममाथि पुनः कानुनी घेराबन्दी : सर्वोच्चले के फैसला गर्ला?

    काठमाडौं, साउन २ – नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च...

    विराटनगरको प्रहरी कार्यालयमै तीन श्रमिकमाथि निर्घात कुटपिट, एकजना गम्भीर घाइते

    विराटनगर, साउन २ – मोरङको रानीस्थित इलाका प्रहरी कार्यालयभित्रै तीन जना श्रमिकमाथि भएको कुटपिटको घटनाले...

    धरहरा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला, ५ करोड नजिक आम्दानी

    काठमाडौं, साउन २ – काठमाडौंको ऐतिहासिक चिनारीका रूपमा रहेको सुन्धारास्थित धरहरा अब प्रत्येक दिन बिहान...