News Portal

शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

२७८ पटक

काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा मौसमविद्हरूले पूर्वानुमान गरेका छन्। भारतको उत्तरप्रदेश क्षेत्रतर्फ रहेको मनसुनी रेखा क्रमशः नेपालतिर सर्दै ल्याउने प्रभावले देशभर वर्षा तीव्र हुने देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सन्जिव अधिकारीका अनुसार आज र भोलिको दिनसम्म मौसम सामान्य रहने भए पनि शनिबार रातिदेखि विशेषगरी पूर्वी नेपालबाट भारी वर्षा सुरु हुनेछ। उक्त वर्षा आइतबार र सोमबारसम्म देशभर फैलिनेछ। अधिकारीले भने, “उत्तर प्रदेश क्षेत्रको न्यूनचापीय रेखा नेपालतिर सर्दैछ, जसको असरले व्यापक वर्षा सम्भावित देखिन्छ।”

यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं मौसमविज्ञ विनोद पोखरेलले पनि शनिबार रातिदेखि पूर्वी नेपालमा भारी वर्षा सुरु हुने र क्रमशः देशभर फैलिने जानकारी दिएका छन्। उनका अनुसार शनिबार दिउँसोसम्म केही स्थानमा हल्कादेखि मध्यम वर्षा भए पनि रातिदेखि स्थिति गम्भीर बन्दै जानेछ।

यसैबीच जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको मध्यम जोखिम रहेको भन्दै ‘एलो अलर्ट’ जारी गरेको छ। विभागका अनुसार पहाडी तथा तराईका क्षेत्रहरूमा नदीहरूको बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।

यसअघि बंगालको खाडीबाट सुरु भएको अर्को न्यूनचापीय प्रणाली भारतको उडिसा हुँदै नेपालतर्फ आइरहेको थियो, जसको प्रभाव केही समय मधेशका जिल्लामा परेको भए पनि त्यसले खासै वर्षा गराउन सकेन। नयाँ प्रणाली भने अधिक प्रभावशाली हुने अनुमान गरिएको छ।

“हिजोआजको वर्षा केही हदसम्म मध्य र पश्चिम नेपालमा देखिएको हो, तर त्यो प्रणाली नजिक नआएकाले गहिरो प्रभाव परेको थिएन,” मौसमविद् अधिकारीले थपे, “अबको प्रणाली पूर्वतिर सक्रिय हुँदै उच्च सम्भावनामा पुगेको छ।”

देशका विभिन्न भूभागमा भारी वर्षाको चेतावनीसहित विभागले जनजीवनमा असर पर्न सक्ने, सवारी आवागमन अवरुद्ध हुने, बाढी, पहिरो जस्ता सम्भावित प्राकृतिक प्रकोपहरूसमेत आउन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...