News Portal

चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढीपहिरोको जोखिम उच्च

२८० पटक

काठमाडौं, साउन २ – देशभर मनसुन सक्रिय रहँदा आगामी केही दिन मौसम बदली रहने निश्चित देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानको आसपास सक्रिय छ, जसका कारण अधिकांश भूभागमा असर देखिन थालेको छ।

आज दिनभर देशभर आकाश आंशिकदेखि पूर्ण रूपमा बदली रहनेछ। कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तीमध्ये एक–दुई स्थानमा भने भारी वर्षा हुने अनुमान गरिएको छ।

त्यसैगरी, उच्च पहाडी र हिमाली क्षेत्रका केही भू–भागमा हल्का वर्षासँगै हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने बेलुकीपख हुरीको प्रभाव देखिन सक्ने अनुमान छ।

रातिको समयमा पनि कोशी प्रदेश, मधेस प्रदेश र अन्य पहाडी भूभागहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहनेछ। त्यस्तै, हिमाली क्षेत्रमा पनि राति हल्का वर्षा र हिमपात देखिने सम्भावना छ।

महाशाखाले लगातारको वर्षाका कारण पहाडी भूभागमा बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। तराई र सहरी क्षेत्रहरूमा भने डुबानको खतरा उच्च देखिएको हुँदा सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...