
काठमाडौं, साउन २ – देशभर मनसुन सक्रिय रहँदा आगामी केही दिन मौसम बदली रहने निश्चित देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानको आसपास सक्रिय छ, जसका कारण अधिकांश भूभागमा असर देखिन थालेको छ।
आज दिनभर देशभर आकाश आंशिकदेखि पूर्ण रूपमा बदली रहनेछ। कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तीमध्ये एक–दुई स्थानमा भने भारी वर्षा हुने अनुमान गरिएको छ।
त्यसैगरी, उच्च पहाडी र हिमाली क्षेत्रका केही भू–भागमा हल्का वर्षासँगै हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने बेलुकीपख हुरीको प्रभाव देखिन सक्ने अनुमान छ।
रातिको समयमा पनि कोशी प्रदेश, मधेस प्रदेश र अन्य पहाडी भूभागहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहनेछ। त्यस्तै, हिमाली क्षेत्रमा पनि राति हल्का वर्षा र हिमपात देखिने सम्भावना छ।
महाशाखाले लगातारको वर्षाका कारण पहाडी भूभागमा बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। तराई र सहरी क्षेत्रहरूमा भने डुबानको खतरा उच्च देखिएको हुँदा सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
