News Portal

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

१६५ पटक

रविन्द्र बराल/ मोरङ, साउन २ – ईलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले विशेष सूचनाको आधारमा खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

हिजो साँझ करिब ६:३० बजे सुनवर्षी नगरपालिका–९ स्थित रंगेली–उर्तलाबारी सडक खण्ड अन्तर्गत डाँयनिया बजार नजिकै भारतीय नम्बर प्लेट BR37A C6795 रहेको मोटरसाइकल जाँच गर्दा उक्त लागुऔषध फेला परेको हो।

मोटरसाइकलमा सवार दुई जना भारतीय नागरिकको साथबाट ६३.१ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य अन्तर्गत सिक्टी निवासी करिब ३२ वर्षीय सद्दाम अन्सारी (चालक) र पछाडि सवार अररिया जिल्लाको सिक्टी ग्रामपञ्चायत निवासी करिब ३२ वर्षीय शेर मोहम्मद रहेका छन्।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...