News Portal

रतुवामाईका प्रधानाध्यापकहरूले पाठ्यपुस्तक खरिद रकम अहिलेसम्म नतिरेको खुलासा

३०३ पटक

रविन्द्र बराल/ मोरङ, साउन १ – रतुवामाई नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूले स्थानीय पुस्तक पसलहरूबाट खरिद गरेका पाठ्यपुस्तकको रकम अहिलेसम्म पनि नतिरेको खुलासा भएको छ। ती विद्यालयका प्रधानाध्यापकहरूले उक्त रकम विद्यालयको काममा प्रयोग गर्नुको सट्टा व्यक्तिगत रूपमा प्रयोग गरेको आरोप सार्वजनिक भएको हो।

नेपाल सरकारले प्रत्येक वर्ष सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन लाखौं रुपैयाँ निकासा गर्दै आएको छ। विद्यार्थीहरूले पाठ्यपुस्तक निःशुल्क पाउँदै आएका छन्, तर पुस्तक पसलहरूबाट खरिद गरिएका ती पुस्तकहरूको भुक्तानी भने अझै नहुँदा व्यवसायीहरू मर्कामा परेका छन्।

नगरपालिकाले विद्यालयहरूका आधिकारिक बैंक खातामा समयमै रकम पठाउँदै आएको भए पनि विद्यालयका प्रधानाध्यापकहरूले अहिलेसम्म पनि ती पसलहरूलाई रकम नदिएको व्यापारीहरू बताउँछन्।

२०७९/८० र २०८०/८१ शैक्षिक सत्रका लागि स्थानीय ११ वटा आधारभूत विद्यालयहरूले पाठ्यपुस्तक खरिद गरे पनि ती पुस्तकहरूको भुक्तानी अझै Publication हरूलाई गरिएको छैन।

पब्लिकेशन सञ्चालकहरूका अनुसार विद्यालयहरूले लामो समयसम्म भुक्तानी नदिँदा उनीहरू आर्थिक समस्यामा परेका छन्। एक स्थानीय व्यापारीले भने, “हामीले मिडियामा आवाज उठाउँदा पनि प्रधानाध्यापकहरूले अब त बाँकी रकम पनि रोकिन्छ कि भनेर डर देखाउँछन्।”

रतुवामाई नगरपालिका शिक्षाशाखाले भने विद्यालयहरूको खातामा समयमै रकम निकासा गरिएको जानकारी दिएको छ।

नगर क्षेत्रका जनसेवा आधारभूत, डोरिया आधारभूत, भगवती आधारभूत, बीपी आधारभूत, जनता बाल विकास आधारभूत, भानु आधारभूत, पाथीभरा आधारभूत, महेन्द्र आधारभूत, सरस्वती आधारभूत र कट्नु आधारभूत विद्यालयका प्रधानाध्यापकहरूले कुल ४ लाख १८ हजार १ सय ४० रुपैयाँ भुक्तानी दिन बाँकी रहेको व्यवसायीहरूले जनाएका छन्।

पाथीभरा आधारभूत विद्यालयका प्रधानाध्यापक अरु चौधरीले भने सुरुमा आफूले स्रोत व्यक्ति बैद चौहानलाई २४ हजार रुपैयाँ नगद दिएको दाबी गरेका छन्। उनले थपे, “यदि पुस्तक पसलले रकम नपाएको हो भने म व्यक्तिगत रूपमा तिर्न तयार छु।”

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...