News Portal

  • रतुवामाईका प्रधानाध्यापकहरूले पाठ्यपुस्तक खरिद रकम अहिलेसम्म नतिरेको खुलासा

    १२१ पटक

    रविन्द्र बराल/ मोरङ, साउन १ – रतुवामाई नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूले स्थानीय पुस्तक पसलहरूबाट खरिद गरेका पाठ्यपुस्तकको रकम अहिलेसम्म पनि नतिरेको खुलासा भएको छ। ती विद्यालयका प्रधानाध्यापकहरूले उक्त रकम विद्यालयको काममा प्रयोग गर्नुको सट्टा व्यक्तिगत रूपमा प्रयोग गरेको आरोप सार्वजनिक भएको हो।

    नेपाल सरकारले प्रत्येक वर्ष सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन लाखौं रुपैयाँ निकासा गर्दै आएको छ। विद्यार्थीहरूले पाठ्यपुस्तक निःशुल्क पाउँदै आएका छन्, तर पुस्तक पसलहरूबाट खरिद गरिएका ती पुस्तकहरूको भुक्तानी भने अझै नहुँदा व्यवसायीहरू मर्कामा परेका छन्।

    नगरपालिकाले विद्यालयहरूका आधिकारिक बैंक खातामा समयमै रकम पठाउँदै आएको भए पनि विद्यालयका प्रधानाध्यापकहरूले अहिलेसम्म पनि ती पसलहरूलाई रकम नदिएको व्यापारीहरू बताउँछन्।

    २०७९/८० र २०८०/८१ शैक्षिक सत्रका लागि स्थानीय ११ वटा आधारभूत विद्यालयहरूले पाठ्यपुस्तक खरिद गरे पनि ती पुस्तकहरूको भुक्तानी अझै Publication हरूलाई गरिएको छैन।

    पब्लिकेशन सञ्चालकहरूका अनुसार विद्यालयहरूले लामो समयसम्म भुक्तानी नदिँदा उनीहरू आर्थिक समस्यामा परेका छन्। एक स्थानीय व्यापारीले भने, “हामीले मिडियामा आवाज उठाउँदा पनि प्रधानाध्यापकहरूले अब त बाँकी रकम पनि रोकिन्छ कि भनेर डर देखाउँछन्।”

    रतुवामाई नगरपालिका शिक्षाशाखाले भने विद्यालयहरूको खातामा समयमै रकम निकासा गरिएको जानकारी दिएको छ।

    नगर क्षेत्रका जनसेवा आधारभूत, डोरिया आधारभूत, भगवती आधारभूत, बीपी आधारभूत, जनता बाल विकास आधारभूत, भानु आधारभूत, पाथीभरा आधारभूत, महेन्द्र आधारभूत, सरस्वती आधारभूत र कट्नु आधारभूत विद्यालयका प्रधानाध्यापकहरूले कुल ४ लाख १८ हजार १ सय ४० रुपैयाँ भुक्तानी दिन बाँकी रहेको व्यवसायीहरूले जनाएका छन्।

    पाथीभरा आधारभूत विद्यालयका प्रधानाध्यापक अरु चौधरीले भने सुरुमा आफूले स्रोत व्यक्ति बैद चौहानलाई २४ हजार रुपैयाँ नगद दिएको दाबी गरेका छन्। उनले थपे, “यदि पुस्तक पसलले रकम नपाएको हो भने म व्यक्तिगत रूपमा तिर्न तयार छु।”

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २३ गतेको राशिफल

    आज भदौ २३, २०८२ (सेप्टेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमान घिसिङको पनि साथ, जनाए ऐक्यबद्धता

    काठमाडौँ। उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन...

    जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

    काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी...

    बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

    काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा...

    दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

    काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्।...